Logo
८ बैशाख २०८१, शनिबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवले भने ‘काठमाण्डौमा सिंहदरबार घेर्ने हैसियत कुनै मधेशीको छैन’


काठमाण्डौ । विभिन्न जनजाति संगठनहरू लाई मिलाएर संघीय गठबन्धन बनाएका संघीय समाजवादी फोरम नेपालका अध्यक्षले मधेशी जनतासंग कुनै हैसियत नरहेको बताएका छन् । संघीय गठबन्धनको आन्दोलनमा मधेशी मोर्चाले खुल्लम खुल्ला असहयोग गरे पछि फोरम अध्यक्ष यादवले मधेशी मोर्चाको हैसियत माथिनै प्रशन गरेका छन् । 
संघीय गठबन्धनमा मधेशी मोर्चालाई सम्मानजनक स्थान दिलाउन र जारी आन्दोलनमा मधेशी जनताको सहभागिता र सक्रियता बढाउन मांग गर्दै आएका सदभावना अध्यक्ष महतोलाई खुल्ला पत्र लेख्दै उपेन्द्र यादवले भनेका छन्-  ‘सिंहदरबार र बालुवाटार घेराऊ मधेशी मात्रको क्षमताको विषय थिएन ।’  काठमाडौंमा यसरी आजसम्म कुनै मधेशी नेताले सम्बोधन गरेको इतिहास छैन । बानेश्वरमा सडक तताउन सक्ने मोर्चामा दम छैन । ‘मोर्चा एक्लैले काठमाडौंमा प्रदर्शन गरोस्, कति मान्छे मारिन्छन् गनेर राख्नु होला । 
आफ्ना सहयोगी मार्फत सार्वजनिक गरिएको यस पत्रमा उपेन्द्रले आफूलाई मधेशको मात्र हैन देशकै सबैभन्दा ठूलो नेताको रूपमा चित्रण गरेका छन् । पत्रमा आफ्नो प्रशंसा गर्दै उनले लेखेका छन् -‘आफ्नो विचार, सिद्धान्त, दायरा, उचाइँ र नजरमा मधेशी मोर्चाका नेताहरूको कुनै हैसियत नभएको र मोर्चाको कुनै नेतासंग उपेन्द्र यादवको प्रतिस्पर्धा नहुने स्पष्ट पारेका छन् । उपेन्द्र यादवको तुलना कुनै मधेशी मोर्चाको नेतासंग नहुने र मोर्चाका सबै नेता महन्थ ठाकुर देखि लिएर महतो सम्म उनको सहकर्मी र सहयात्री मातिर रहेको पत्रमा उल्लेख गरिएको छ।
अहिलेको आन्दोलन गर्नको लागि उपेन्द्र यादव एक्लै सक्षम छन् र उनले त्यो सञ्जाल र मैदान बनाइसकेका छन् भन्ने कुरा पत्र मार्फत मधेशी मोर्चाको नेताहरूलाई चुनौती दिएका छन् । संघीय गठबन्धन छोड्ने मधेशी मोर्चाका केही नेताहरूको बयान पछि उपेन्द्र यादवले भनेका छन्त – ‘पाईहरुको साथ बिना पनि संघर्षको यो लडाइँमा जीत हुनेछ ।’ उपेन्द्र यादवले भनेका छन- ‘उनीसँग सिङ्गो फोरम नेपाल छ, संघीय गठबन्धन छ, समग्र उत्पीडित पहाडी समुदाय छ । अबको लडाईंमा मधेशी मोर्चा, मधेशी दल र मधेशी जनताको कुनै आवश्यकता नरहेको कुरा प्रष्टै भनि दिएका छन्। 

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्