Logo
८ बैशाख २०८१, शनिबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतालबाट मृगौला पिडितलाई पून सहयोग

गोबिन्द पोखे्रल, नयाँ दिल्ली    ।   मृगौला पीडित श्रृजना जि. सि. लाई आर्थिक सहयोग नेपाली रुपैयाँ ४७९३० हस्तान्तरण गरीएकोछ । यो सहयोग दोस्रो पटकको रहेकोछ । अर्घाखाँची जिल्लाको बागी गा.वि.स.वडा नं ९ प्युडाडा निवासी कमल जि .सी. र कमला जि.सी. कि १६ वर्षिया छोरी श्रृजना जि.सी. का दुबै मृगौला खराब भएकोले उपचार चलीरहेको थियो ।

कमलले दिल्लीमा सामान्य नोकरी गरी जिविकोपार्जन मात्र गरीरहेको अवस्था थियो । उनको यो अवस्थामा उपचार सम्भव पनी थिएन । तर कतारमा अर्घाखाँची बाँगी गाविसका कार्यरत नेपाली दाजु भाईहरुको सहयोगमा श्रृजनाको उपचार सम्भव भयो । पटक पटक गरी सेवा समाजले श्रृजनाको उपचारका लागी राम्रै रकम सहयोग गरेकोछ ।

सेवा समाजले एक पे्रस विज्ञप्ति जारी गर्दै परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा आर्थिक सहयोग गरीदिने महानुभाबहरु सबैमा हार्दिक धन्याबाद ब्यक्त गरेकोछ । बाँगी सेवा समाज अर्घाखाँचीले 13 May 2016 का दिन वैठक सम्पन्न गर्दै नेपाली रुपैया ४७९३०।- समाजका सचिब लाई हस्तान्तरण गरेको हो ।

सो रकम पछी सचिवले पीडितको खातामा पठाएका हुन । जारी प्रेस विज्ञप्तिमा खुशी ब्यक्त गर्दै अप्रेशन सफल भएको, किड्नी दिने स्वयम श्रृजनाको आमा र श्रृजनाको स्वाश्थ्य अवस्था सामान्य रहेको कुरा पनी उल्लेख गरीएकोछ । 

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्