Logo
१५ चैत्र २०८०, बिहीबार
(May 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो पो जुत्ता : तुना कसिने स्मार्ट !

ओहो यस्तो पो जुत्ता विश्वविख्यात जुत्ता उत्पादक नाइकले आफैं तुना कसिने स्मार्ट जुत्ता ल्याएको छ ।
यो जुत्तामा त्यस्तो बटन राखिएको जसलाई थिचेपछि आफ्नो खुट्टाको साइजलाई फिट हुनेगरी आफै तुना कसिन्छ । यो जुत्तालाई ‘हाइपर एडप्ट–१।०’ नाम दिइएको छ ।
नाइकको यो नयाँ जुत्तामा खुट्टा हाल्नासाथ तलुवामा रहेको सेन्सरले जानकारी पाउँछ र तुना कसिन थाल्छ ।
यदि तुना खुकुलो वा टाइट बनाउनु छ भने दायाँ–बायाँ राखिएका दुईवटा बटनको सहयोग लिन सकिन्छ ।
यसको औपचारिक बिक्री चाँडै प्रारम्भ हुने बताइन्छ । एजेन्सी

प्रकाशित मिति: May 22, 2016

प्रतिक्रिया दिनुहोस्