Logo
६ बैशाख २०८१, बिहीबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काग्रेस नेतृलाई बलात्कारको धम्की !

काठमाण्डौ ।  भारतीय कांग्रेस पार्टीकी एक जना प्रवक्ता प्रियंका चतुर्वेदीले आफुलाई बलात्कारको धम्की आएको बताएकी छिन् । 
उनले ट्वीटरमार्फत यस्तो धम्की दिनेका विरुद्ध मुम्बई पुलिसमा उजूरी समेत गरेकी छिन् । भारतिय संचारमाध्यमहरुका अनुसार चतुर्वेदीले एक ब्लगमा लेख लेख्दै आफूमाथि निर्भयालाई जसरी बलात्कार गर्ने भनेर ट्वीटरमा धम्की आएको खुलासा गरेकी छिन् । 
उनका अनुसार भारतीय जनता पार्टीका एक प्रवक्ताले यसअघि नै टिभी बहसका क्रममा चुप लाग्न इशारा गरेका थिए । चतुर्वेदीले एक महिला भएका कारण सामाजिक सञ्जालमा सक्रिय हुनु कुनै नराम्रो विषय नरहेको बताएकी छिन् ।
उनले एक अलग विचार राख्नेहरुले आफूलाई यस्तो धम्की देखाएको भन्दै धम्कीले नआत्तिने बताएकी छिन् । उनले आफ्नो लेखमा कानूनले यस्ता विषयमा तत्काल कारबाहीको व्यवस्था नराखेको भन्दै गुनासो गरेकी छिन् ।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्