Logo
१२ बैशाख २०८१, बुधबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ज्यू ! ‘उखान टुक्काले चुलो बलेन’

 काठमाडौँ । सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ काठमाडौँले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ । सिलिण्डर,जार र भाँडाकुँडा ठटाएर प्रधानमन्त्रीलाई तर्साउदै गरेको झल्को देखिएको छ ।
प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए ।  कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचोना गरे ।
अर्को नेता लिलाबल्लभ दाहाल ( काका ) ले कालाबजारीको संरक्षणमा सरकार लागेको भन्दै विद्यार्थी नै बजारको अनुगमनमा जाने बताए । उनले सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोप लगाए । 
नेवि सङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने जानकारी दिए ।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्