Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी फेरी प्रचण्ड शक्तिशाली तथा ठूलो पार्टीको नेता बन्दै (भिडियो सहित)

काठमाण्डौ । फुटेका माओवादीहरूलाई जुटाएर प्रचण्डले पार्टीको नाम फेर्नुको कारण एकिकृत भन्ने शब्दउनलाई नफाप्ने ज्योतिषीय भनाइ रहेको खुल्नआएको छ । प्रचण्डलाई पार्टीको नामको अगाडि एकिकृत  अर्थात एबाट आएको नामनफापेको बताउने ज्योतिषदीपक सुवेदी हुनुहुन्छ ।

बेलाबेलामा नेपाली राजनीतिक क्षेत्रको बारेमाआश्चर्य र गम्भीर भविष्यवाणी गरी चर्चामाआउने गरेका ज्यो. दीपक सुवेदी (दीपकगुरु)ले नयाँवर्ष २०७३ को बारेमा सगरमाथा टेलिभिजनसँगको संवादमा प्रसङ्गवश प्रचण्डलाई पार्टीको नाम एबाट शुरु भएको नफापेको बताउनु भएको थियो ।
ज्यो. सुवेदीले सो संवादमा जुनदिनदेखि प्रचण्डले विभिन्न समिकरण जोडेर पार्टीको नामको अगाडि एकिकृत जोडे त्यो दिनदेखि नै प्रचण्डको अधोगति हुन थालेको बताउनुभएको थियो । हुनपनि धेरै पार्टी जोडिएर भएको एकिकृत माओवादीझन ठूलो शक्ति बन्नुपर्नेमा पहिलोबाट तेस्रो स्थितिमा पुगेको थियो ।
भलै बाहिर बाहिर नास्तिक तथा अतिभौतिकवादी बन्ने प्रचण्डले कुर्सिको लागि ग्रह शान्तिको नाममा भैंसी पूजा गर्ने देखि लिएर विभिन्न गुरुहरूलाई भेटेर भेटी टक्र्याउने गरेको समेत सुन्नमा आइरहेको विषय हो ।
यही सालको शुरुको दिन ज्यो. दीपकगुरुले सगरमाथा टेलिभिजनलाई दिएको संवादको बारेमा राजनीतिक वृतमा मात्रनभएर सर्वपक्षीय रूपमा निकै चर्चा भएको थियो । बडो मार्मिक शैलीबाट राजनीतिक परिस्थितिको ज्योतिषीय विश्लेषण गर्ने उहाँको धेरै भविष्यवाणीहरू सही रुपमा घटित हुँदै आएको हुनाले उहाँको भनाइमा सम्बन्धित पक्षले सोँच पुर्याउनथालेको पाइन्छ । राजा विरेन्द्रको मृत्यु, पहिलो संविधानसभाबाट तथा त्यतिबेलाको राजनीतिक संयन्त्रबाट निकास ननिस्कने जस्ता उहाँका भविष्यवाणीले बडी चर्चा पाएका थिए ।
झन एकिकृत भइरहेको बेलामापनि ! भनिन्छ अनौठो जस्तो लाग्ने गरी राजनीतिक भविष्यवाणी गर्ने गरेकादीपक गुरुको भनाइलाई नै आधार मानेर प्रचण्डले एकिकृत भन्ने शब्द पार्टीको नामबाट हटाए । ज्यो. सुवेदीले सो संवादमा २०७३ सालको भविष्यको साथमा संविधानको बारेमा पनि मार्मिक ज्योतिषीय विश्लेषणदिनुभएको छ ।
राजनीतिक व्यक्तिएवं पार्टीहरूको बारेमाआफूले गर्नेगरेको भविष्यवाणी प्रायशःगोप्य राख्ने स्वभावका ज्यो. सुवेदीलाई सञ्चारकर्मीले ताकेता गरेपछि सो संवादको कपिलाई युट्युबमा अपलोड गरी सार्वजनिक गर्नु भएको छ । दीपक गुरुको सगरमाथा टेलिभिजनका एसटिभि च्याटका प्रस्तोता जीवराम भण्डारीसँगको संवादको लिंक तल दिइएको छ हेर्न सक्नु हुनेछ ।  

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्