Logo
१३ बैशाख २०८१, बिहीबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमेडियन कपिल र कृष्णाको विवादमा अब मीका पनि फँसे

मुम्बाई ।  कमेडियन कपिल शर्मा र कृष्णा अभिषेकबीचको विवादको झमेलामा गायक मीक सिंह फसेका छन् । मीकालाई कलर्सले आधिकारीक पत्र पठाएको छ । उनलाई कलर्सको ‘कमेडी नाइट्स लाईभ’ बाट हट्न भनिएको छ ।  यस शोका प्रस्तोता कृष्णा अभिषेक हुन् । 
सोनीबाट प्रशारण हुने कपिल शर्माको शोमा अतिथि बनेर गएपछि मीकालाई यस शोबाट हट्न कलर्सले पत्र पठाएको हो । ‘द कपिल शर्मा शो’ का निमार्तालाई पनि कलर्सले यस सम्बन्धि पत्र पठाएको छ । मीका सिंह शुक्रबार ‘द कपिल शर्मा शो’ को सुटिङमा व्यस्त थिए । तर खासमा उनको कलर्ससँग सम्झौता छ । द कपिल शर्मा शो र कलर्समा आउने कमेडी नाइट्स लाईभ एक अर्काका प्रतिस्पर्धी कार्यक्रम मानिन्छन् । यसअघि कपिलको शो पनि कलर्सबाटै प्रशारण हुन्थ्यो ।
मीकासँगै वेस्ट इन्डिजका क्रिकेटर क्रिस गेल र गायक कनिका कपूर पनि सुटिङमा थिए । मिडिया रिर्पोटस्का अनुसार मीका सिंहलाई कमेडी नाइट्स लाईभबाट बाहिरिन कलर्सले भनिसकेको छ । मीकाले यस सम्बन्धमा कमेडी नाइट्स लाईभका निमार्तासँग छिट्टै बैठक बसेर निर्णय गर्दैछन् ।  कमेडीयन कपिल र कृष्णा अभिषेक दुबैले एकअर्कालाई मौका पाएका बेला वचनको हमाला गर्न बाँकी राख्दैनन् ।
सामाजिक सञ्जालमा कमेडी नाइट्स लाईभ बन्द भएको अनुमानसहितका पोस्टहरु आउन थालेपछि कृष्णाले कपिलको नाम नलिइ उनले नै यस्तो हल्ला चलाएको आरोप लगाए । कृष्णा अभिषेकको शोलाई सलमान खानको बिग बोस–१० ले रिप्लेस गर्दैछ ।  यसबीच कमेडी नाइट्स बन्द हुने चल्ला चलेपछि कृष्णाले सबै हल्लाहरु कपिल शर्मा र उनको टिमले फैलाएको बताएका थिए ।

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्