Logo
७ बैशाख २०८१, शुक्रबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारको नयाँ बजेटमा रेल गुडाउने योजना यस्तो

काठमाडौं । ओली सरकारले नयाँ बजेटमा रेल गुडाउने योजना समेत बनाएको छ ।  सरकारले आगामी वर्षको बजेटमा नेपालका विभिन्न ठाउँमा रेलमार्ग विस्तारमा जोड दिएको छ ।
पूर्व-पश्चिम रेलमार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदन ९डीपीआर० तयार गरी निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।
त्यस्तै, चीनको केरुङबाट रसुवागढी हुँदै काठमाडौं, पोखरा र लुम्बिनीसम्म जोड्ने रेलमार्ग निर्माणका लागि दुई वर्षभित्र डीपीआर तयार गरिने भएको छ ।
काठमाडौं उपत्यकामा ७८ किलोमिटर लामो मेट्रो रेलको डीपीआर तयार गरी निर्माण कार्य अगाडि बढाइने भएको छ । यसका लागि आवश्यक स्रोत साधनको व्यवस्था गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा बताए ।
त्यसैगरी बर्दिया-सिमरा रेलमार्ग, बर्दिबास(काँकडभिट्टा, बुटवल(गड्डाचौकी रेलमार्गको विस्तृत प्रतिवेदन तयार गरिने सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्