Logo
१५ चैत्र २०८०, बिहीबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबाको भोक देखेर छोरी गराइन् स्तनपान !

काठमाण्डौं । युरोपको सर्बाधिक प्रसिद्ध कलाकार बारतोलोमिओ एस्तेबनको यो पेन्टिङको बारेमा धेरैलाई जानकारी नहुनसक्छ । एउटा बाबु र छोरीको पेन्टिगं हो यो ।

हुनसक्छ यो पेन्टिगं हेरेर र बाबु छोरीको हो भन्ने थाँहा पाएर तपाईलाई यो पेन्टिगंगमा भएको दृष्यप्रति घृणा पनि लाग्न सक्छ । तर पेन्टिङमा लुकेको कहानी थाहाँ पाए पछि तपाईको भावना अवस्य बदलिने छ ।

कहानी यस्तो छ, एउटा बुढो ब्यक्तिलाई जब सम्म उ मर्दैन तब सम्म उसलाई भोकै राख्ने सजाय  दिईयो । यस्तो कठोर सजाय हुँदा हुदै पनि उनको एउटा छोरी थिईन जसले उनलाई दिनहु भेटन छुट दिईयो । जब ति छोरी बृद्ध बाबालाई भेटन आउथिन तब उनको शरिर पुरै खानतलासी लिईन्थ्यो, किनभने उनि आफनो बाबाको लागि खानेकुरा लिएर नआउन भन्ने थियो ।

भोकको कारण दिनप्रतिदिन शिथिल हुदै गएको र बिग्रदै गएको बाबाको शरिर देखेर छोरीलाई असहय पिडां हुन थाल्यो र उनले बाबाको त्यो अवस्था देख्न नसक्नेमा पुगिन । अन्तमा उनले यस्तो काम गरिन जुन समाजको लागि बाहिरी रुपमा हेर्दा घृणाजनक र लज्जासपद थियो ।

बाबाको भोकका कारण दयनिय अवस्था हुँदा पनि उनले चाहेर पनि कुनै खानेकुरा लिन सक्दैन थिईन । अन्ततः विवस भएर आफनो बाबालाई उनले आफ्नै स्तनपान गराउन थालिन । दिन दिनै यो घटना दोहोरिरहयो, उनका बाबा पनि स्वस्थ हुन थाले ।

एकदिन पहरामा बसेका सैनिकहरुले उनलाई आफ्नो बाबालाई स्तनपान गराउँदै गरेको अवस्थामा भेटें र पक्राउ गरी तत्कालिन शासकको अगाडि लगे । यो अनौठो घटनाले तत्कालिन समाजमा ठूलै खैला बैला मच्चायो र नागरिकहरु दुई भागमा बाडिए ।

एक थरीले बाबु छोरीको पबित्र सम्बन्धमा यस्तो घटना निन्दनीय र पाप माने भने दोस्रो थरी नागरिकहरु बाबु छोरीको सम्बन्धको पबित्रता र मानवियता हो भन्नेमा पुगे ।

यो अनौठो घटनाले स्पेन र युरोपभर ईस्वरीय संसार, पवित्रता र मानव मुल्यको बारेमा बहस भयो । अन्ततः लामो बहस पश्चात मानव मुल्यको जित भयो, दुबै बाउ छोरी कैद मुक्त भए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्