Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनीषा हत्या प्रकरण : यस्तो छ, फेसबुक, मोबाइल र प्रेम कनेक्सन

काठमाडौं । फुटबलर विमल घर्तीमगरकी बहिनी मनीषाको मोबाइल तथा फेसबुकमा केन्द्रित भएर प्रहरीले उनको मृत्युको अनुसन्धान अघि बढाएको छ । फेसबुक तथा म्यासेजकै विषयमा प्रेमी आशिष चौधरीसँग विवाद हुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनका प्रेमी चौधरीलाई नवलपरासी प्रहरीले हिरासतमा ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । 
मनीषासँग आफ्नो झगडा भएको तर हत्या नगरेको उनले दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी अर्जुन रानाभाटका अनुसार मनीषा झुन्डिएको र आफूले उनलाई उठाएर खाटमा राख्दा मृत्यु भएको बताएका छन् । शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । दुई दिनपछि मृत्युको कारणबारे रिपोर्ट आउने अस्पतालले जनाएको छ । आत्महत्या वा हत्याबारे उक्त रिपोर्टपछि थप प्रस्ट हुने नवलपरासीका एसपी राजेन्द्र चौधरीले बताए।

घरमा एक्लै छाड्दा मृत्यु
बुटवल पुगेकी उनकी आमा बुधबार बिहान साढे ५ बजे घर फर्किइन् । घरमा छोरी मनीषा एक्लै थिइन् । सीधै उनी छोरीको कोठामा पुगिन् । मनीषाको टाउको खाटमा थियो भने खुट्टा टी टेबलमा थियो । उनले उठाउन खोजिन् । तर, उठिनन् । हात समाउँदा चिसो भइसकेको थियो । छोरीको मृत्यु भएको ठानेर उनले गाउँलेलाई बोलाइन् । गाउँलेले प्रहरीलाई खबर गरेपछि करिब ७ बजे प्रहरी पुगेको थियो ।

प्रहरीका अनुसार मनीषाले अन्य व्यक्तिहरूसँग फेसबुकमा कुरा गरेको विषयमा झगडा भएको देखिन्छ । अरूसँग कुरा गरेको शंकामा चौधरीले मोबाइलको पासवर्ड मागेका थिए । तर, मनीषाले दिएकी थिइनन् । सोही विषयलाई उनीहरूबीच कुटाकुटसमेत भएको थियो । झगडापछि आफू घरबाहिर बरन्डामा आएको र केही समयपछि भित्र जाँदा मनीषालाई झुन्डिएको अवस्थामा फेला पारेको उनले बताएका छन् । मनीषाले बुधबार दिउँसो करिब ५ बजे मात्र फेसबुक प्रोफाइल फोटो परिवर्तन गरेकी थिइन् । जसमा विमलले ‘ब्युटीफुल, मिस यू सिस’ भन्दै कमेन्ट गरेका थिए ।

चौधरीको भनाइमा विश्वास गर्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन् । चौधरी फुटबलर विमलका पनि साथी हुन् । एसएसलीमा फेल भएपछि उनी त्यतिकै घरमा बस्दै आएका थिए । मनीषा भने ११ कक्षामा पढ्दै आएकी थिइन् । मोबाइल र फेसबुककै विषयमा लिएर भएको झगडाका कारण मृत्यु भएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । मनीषाले आत्महत्या नै गरेको भए पनि चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने प्रहरीको भनाइ छ ।

गिफ्ट फर्काउने कुरा भएको थियो
मैले एक बोतल बियर खाएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकमा घरमै गएको हुँ । दिउँसो पनि गएको थिएँ । बेलुका पनि गएँ । कुराकानी हुँदै गर्दा मोबाइल र फेसबुकको विषयलाई लिएर ऊसँग झगडा भयो । उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ । मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो । म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसेँ । मलाई पनि रिस उठेको थियो । एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् । मैले उठाएर खाटमा राख्दा उसको मृत्यु भइसकेको छ । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताएँ ।

मनीषा हत्या प्रकरण : फेसबुक, मोबाइल र प्रेम

 New 0 0

न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ १६ आइतबार
newsabhiyan

काठमाडौं, १६ जेठ । फुटबलर विमल घर्तीमगरकी बहिनी मनीषाको मोबाइल तथा फेसबुकमा केन्द्रित भएर प्रहरीले उनको मृत्युको अनुसन्धान अघि बढाएको छ । फेसबुक तथा म्यासेजकै विषयमा प्रेमी आशिष चौधरीसँग विवाद हुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनका प्रेमी चौधरीलाई नवलपरासी प्रहरीले हिरासतमा ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । मनीषासँग आफ्नो झगडा भएको तर हत्या नगरेको उनले दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी अर्जुन रानाभाटका अनुसार मनीषा झुन्डिएको र आफूले उनलाई उठाएर खाटमा राख्दा मृत्यु भएको बताएका छन् ।
शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । दुई दिनपछि मृत्युको कारणबारे रिपोर्ट आउने अस्पतालले जनाएको छ । आत्महत्या वा हत्याबारे उक्त रिपोर्टपछि थप प्रस्ट हुने नवलपरासीका एसपी राजेन्द्र चौधरीले बताए।
घरमा एक्लै छाड्दा मृत्यु
बुटवल पुगेकी उनकी आमा बुधबार बिहान साढे ५ बजे घर फर्किइन् । घरमा छोरी मनीषा एक्लै थिइन् । सीधै उनी छोरीको कोठामा पुगिन् । मनीषाको टाउको खाटमा थियो भने खुट्टा टी टेबलमा थियो । उनले उठाउन खोजिन् । तर, उठिनन् । हात समाउँदा चिसो भइसकेको थियो । छोरीको मृत्यु भएको ठानेर उनले गाउँलेलाई बोलाइन् । गाउँलेले प्रहरीलाई खबर गरेपछि करिब ७ बजे प्रहरी पुगेको थियो ।
प्रहरीका अनुसार मनीषाले अन्य व्यक्तिहरूसँग फेसबुकमा कुरा गरेको विषयमा झगडा भएको देखिन्छ । अरूसँग कुरा गरेको शंकामा चौधरीले मोबाइलको पासवर्ड मागेका थिए । तर, मनीषाले दिएकी थिइनन् । सोही विषयलाई उनीहरूबीच कुटाकुटसमेत भएको थियो ।
झगडापछि आफू घरबाहिर बरन्डामा आएको र केही समयपछि भित्र जाँदा मनीषालाई झुन्डिएको अवस्थामा फेला पारेको उनले बताएका छन् । मनीषाले बुधबार दिउँसो करिब ५ बजे मात्र फेसबुक प्रोफाइल फोटो परिवर्तन गरेकी थिइन् । जसमा विमलले ‘ब्युटीफुल, मिस यू सिस’ भन्दै कमेन्ट गरेका थिए ।
चौधरीको भनाइमा विश्वास गर्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन् । चौधरी फुटबलर विमलका पनि साथी हुन् । एसएसलीमा फेल भएपछि उनी त्यतिकै घरमा बस्दै आएका थिए । मनीषा भने ११ कक्षामा पढ्दै आएकी थिइन् । मोबाइल र फेसबुककै विषयमा लिएर भएको झगडाका कारण मृत्यु भएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । मनीषाले आत्महत्या नै गरेको भए पनि चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने प्रहरीको भनाइ छ ।
गिफ्ट फर्काउने कुरा भएको थियो
आशिष चौधरी, मनीषाका प्रेमी

मैले एक बोतल बियर खाएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकमा घरमै गएको हुँ । दिउँसो पनि गएको थिएँ । बेलुका पनि गएँ । कुराकानी हुँदै गर्दा मोबाइल र फेसबुकको विषयलाई लिएर ऊसँग झगडा भयो । उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ । मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो । म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसेँ । मलाई पनि रिस उठेको थियो । एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् । मैले उठाएर खाटमा राख्दा उसको मृत्यु भइसकेको छ । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताएँ ।
-नयाँ पत्रिका दैनिकबाट

– See more at: http://newsabhiyan.com.np/news-details.php?nid=31491#sthash.fJuxO6hD.dpuf

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्