Logo
२३ आश्विन २०८१, बुधबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक जना राष्ट्रसेवकको विचार : के सपना देख्न मिल्दैन नेपालको प्रधानमन्त्रीले ?

शासकहरुले स्वप्न नदेख्दा, प्रधानमन्त्रीले स्वप्न नदेख्दा आधुनिक प्रजातान्त्रिककाल २००७ साल देखि २०७३ साल सम्मको लामो काल खण्डमा पनि नेपालले आर्थिक विकाशको फड्को मार्न सकेन । हाम्रो जस्तै आर्थिक अवस्था भएका एशियाका कतिपय देशहरुले युरोप, अमेरिकालाई चुनौति दिईरहेका छन भने हाम्रो अवस्था दिन दुगुना रात चौगुना अधोगतितिर लम्कीरहेको छ यसको कारण स्वप्न समेत देख्न नसक्ने शासक, प्रधानमन्त्री भएकोले नै हो ।

प्रजातन्त्रमा प्रधानमन्त्री शासक होइन स्वप्न दर्शी हुन जरुरी छ । अनि प्रधानमन्त्रीले सपना देख्न सुरु गरे इतिहाँसको र भबिष्यकोे अध्ययन गरेर, प्रधानमन्त्रीले पहिलो पटक नेपालको इतिहाँसमा एउटा अमिट छाप छोडेका छन् ः”What a life without an impossible dream” आज जुन सपना असंम्भव छ भोली त्यो संभव हुन्छ, सपना त देख्न सक्नु पर्छ । प्रधानमन्त्रीले देखेको सपना हामी सबै नेपालीको स्वप्न हो । ग्यालिलीयो, कपर्निकर्शले पृथ्वी सूर्यको परिक्रमा गरेको स्वप्न देखे, पृथ्वी चेप्टो होइन अण्डाकारको भएको स्वप्न देखे उनीहरुको त्यति बेलाका पण्डितहरुले खील्ली उडाए कालान्तरमा उनीहरुको स्वप्न सत्य ठहरीयो स्वप्नदर्शीले स्वप्न देख्न छोड्दैन ।

अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले चन्द्रमामा रकेट पठाउने स्वप्न देख्दा संसारका सबै पण्डितहरुले हासोमा उडाए, आज रकेट चन्द्रमामा मात्र होइन मार्समा पुगि सक्यो । जुपीटरमा समेत परिक्रमा गर्दै छ । राईट ब्रदर्शले हवाइजहाज उडाउने स्वप्न देख्दा, ग्रामवेलले टेलिफोनको आविश्कारको स्वप्न देख्दा, मार्क जुगर वर्गले Face Book को स्वप्न देख्दा, स्टीभ जवले Mobile Apps को स्वप्न देख्दा, विल गेटले Microsoft ware  को स्वप्न देख्दा, सबैले आश्चर्य मानेकै हो, तर आज ती स्वप्न दर्शीहरुको स्वप्नील सिर्जनाले समाजलाई नयाँ दिशा प्रदान गरेको छ । विज्ञान र प्रविधिले विश्वलाई एउटा सानो गाउँमा परिणत गरेको छ ।

स्वप्नदर्शी विना भौतिक विकाश या आध्यात्मीक विकाश दुबै संभव छैन । भौतिक सपनाले हामीलाई विज्ञान र तकनिकी दियो भने आध्यात्मिक स्वप्नले मानिसलाई बुद्ध बनायो, भगवान बनायो, enlightened  बनायो, यो जीवनको यथार्थता हो । स्वप्नको कारण कोही बैज्ञानिक बन्न सक्छ, कोही दार्शनिक, कोही कवि, कोहि साहित्यकार, कोही राजनेता, कोही साधु, सन्त, भगवान, बुद्ध, कोही वलवान खेलाडी, अभिनेता, पत्रकार, कलाकार, कानूनविद्, अर्थशास्त्री, स्वप्न त्यस्तो शक्ति हो जसले विकाशको पथप्रर्दशन गर्छ ।

पृथ्वी नै सूर्य भन्दा करोडौ गुना सानो छ , सूर्य विभिन्न ताराहरु भन्दा करोडौ गुना सानो छ , भुगोलको कारणले अमेरिका, रसीया, चाइना, भारत, क्यानडा, केही ठूला राष्ट्र अबश्य हुन् तर सार्वभौम सत्ताको हिसावले, मानवीय मुल्य र मान्यता, संस्कृति र सभ्यताका हिसावले नेपाल संसारको कुनै राष्ट्र भन्दा कमी छैन भनी प्रधानमन्त्रीले भन्न नपाउने? अनि त्यस्तो सार्वभौम प्रधानमन्त्रीले सपना देख्दा हास्यको पात्र बनाउने प्रयास गर्ने त्यो भन्दा ठूलो पाखण्ड अरु के हुन सक्छ ।

जसले प्रधानमन्त्री के.पी. ओलीको स्वप्न दर्शीतालाई बेहोस हासोको बलिमा चढाउने प्रयास गर्दै छन , उनीहरु देश भक्त हुनै सक्दैनन् । उनीहरुलाई उप—बुज्रुक भने हुन्छ । प्रधानमन्त्रीको सपना समग्र नेपालीको स्वप्न हो तर स्वप्न देख्ने शुरुवात कार्यान्वयन गर्ने तहमा बसेको व्यक्तिबाट हुनु सुखद कुरा हो । के सबै राम्राकुराको पनि विरोधनै गर्नु पर्छ ? मानौ विरोध गर्नु सबै भन्दा ठुलो बुद्धिमत्ता या विबेक हो । प्रधानमन्त्री के.पी. ओलीले जे जस्ता सपना देखेका छन् ती वीर एवं इमान्दार नेपालीहरुका स्वप्न हुन । शहिदहरुका स्वप्न हुन, शहिदहरुले छोडेर गएको विराशत् हो । उनी त्यसका प्रतिविम्व हुन । प्रतिनिधि पात्र हुन । उनले देखेको स्वप्न ५० बर्ष पहिले देखेको भए आज नेपाली लोडसेडिङ्गको मारमा पर्नु पर्ने थिएन ।

ग्याँसको अभावमा भोकै मर्नु पर्ने थिएन, पेट्रोलको अभावमा आवागमनको अभावले प्रशव बेदनाले कुनै आमाको मृत्यु हुने थिएन, कर्णालीका जनता भोकभोकै मर्नु पर्ने थिएन । यो सबै स्वप्नको कमिको कारणले भएको हो भने स्वप्न देख्ने प्रधानमन्त्री कसरी अपराधी भए ?  स्वप्न देख्ने प्रधानमन्त्रीको विरोध गरेर नथाक्ने उडन्ते पण्डीतहरु, उप बुज्रुकहरु, तथाकथीत विद्धान्हरु, पाखण्डीहरु हुन् । 

प्रधानमन्त्रीको सपनालाई हामी सबै नेपालीहरुले साझा स्वप्न बनाउन जरुरी छ । काठमाण्डौमा मात्र होइन नेपाल भर पूर्व—पश्चिम, उत्तर—दक्षिण इलेक्ट्रीक रेल कुदाउनै पर्छ, दशहजार मेघावाट विजुली १०÷१५ बर्षमा उत्पादन गर्नै पर्छ, प्रत्येक नेपालीको घरमा ग्यासको पाइप विछ्याउनै पर्छ, प्रत्येक नेपालीहरुको घरलाई सेन्ट्रल हिटिङ्ग सिस्टममा लैजानु पर्छ, ५÷७ बर्षमा ग्याँस पेट्रोल, डिजेल, सुनखानी उत्खनन गर्नैै पर्छ, फास्ट ट्राक आफ्नै बलबुतामा बनाउनु पर्छ, देशको आन्तरीक मामिलामा दख्खल पुर्याउने विदेशीलाई देशनिकाला गर्नै पर्छ, हिन्द र प्रशान्तमा नेपाली ध्वजाबहाक पानी जहाज चलाउने दिनको स्वप्न देख्नु पर्छ ।

हिन्द र प्रशान्त महासागर नेपालको पनि हो, के भुपरिबेष्ठीत देशको प्रधानमन्त्रीले कुनै स्वप्न देख्नुनै हुदैन, स्वप्न देख्नु पर्छ, स्वप्नलाई कार्यान्वयन गर्ने विबेकशील, भ्रष्टाचार मुक्त शासन प्रणाली र प्रशासन यन्त्रको विकाश गर्नु पर्छ सबै सपनाहरु पुरा हुन्छन । नेपोलियन बोनापार्टले भनेका छन् impossibilities words are only for cowards ” असंभव भन्ने कुरा कातरहरुको लागि मात्र हो । प्रधानमन्त्रीको स्वप्नशिलता, स्वप्नदर्शिताको विरोध गर्नेहरु सबै कातरहरु हुन् ।”Dogs go on barking, caravan goes on”कुकुर भुक्तै गर्छन् हात्ती लम्कीदै गर्छ । यो उखानमा सत्यता छ । नेपाली प्रधानमन्त्रीले सबै खाले भुकाईहरुको वेवास्ता गर्दै देश विकाशको कोटीहोममा आफुलाई समर्पीत गर्नु पर्ने कुराको वोध प्र.म. के.पी. ओलीलाई भएको छ ,यो सुखद् राष्ट्रिय अनुभूति हो ।

भूगोल, जनसंख्या, विज्ञान, तकनीकि, आर्थिक विकाश संस्कृति र सभ्यताका दृष्टिकोणले विशाल देश भारत र चीनको विचमा रहेको विश्वको शिर सगरमाथा, विश्व शान्तिको दुत गौतम बुद्ध, विश्व ज्ञानको भण्डार वेद, उपनिवेद, गीता र संस्कृत भाषाको उद्गम एवं श्रृषिमुनिहरुको देश नेपालले कुनै अर्थमा पनि आत्मलघुताभाष पाल्नु जरुरी छैन ।

नेपालको भूगोल विश्वको शिर हो, यो देशले अंगालेका संस्कृति, सभ्यता, सनातन् धर्म, अध्यात्म विश्व गुरु हो, अनि त्यस्तो देशको प्रद्यानमन्त्रीले स्वप्न दैख्नै नपाउने अरुले देखेकै स्वप्नको व्याख्या, संश्लेषण, विश्लेषण र समालोचना गर्नमानै आफ्नो उर्जा र समय बिताउने के यहि नियती हाम्रो हो । कदापी होइन । प्रधानमन्त्रीले देश विकाशको सपना देख्दा विरोध गर्ने, नेपाल भरका १५५ तुइन् विस्थापन गर्ने निर्णय गर्दा विरोध गर्ने, काठमाडौं निजगढ दु्रतमार्ग आफ्नै बलबुतामा राष्ट्रले निर्माण गर्नुपर्छ भन्दा विरोध गर्ने कस्तो बिडम्बना ?

प्रधानमन्त्री के.पी. ओली १४ बर्ष जेल बसे के का लागी ? स्वप्न देख्न, स्वप्न साकार गर्नका लागी होइन ? ५० बर्ष राजनीति गरे के का लागी ? स्वप्न देख्नका लागि होइन ? आज किड्नी फेरेर पनि संसदीय निर्वाचनमा विजयी बने, अध्यक्ष पद जिते, संविधान ल्याउन सकारात्मक भूमिका खेले, प्रधानमन्त्री हुन नदिने अनेक प्रयासलाई विफल पार्दै प्रधानमन्त्री बने, प्रधानमन्त्रीबाट हटाउन प्रयास गर्दा गर्दै कसैले हटाउन सकेन, हेलिकप्टर दुर्घटनाबाट बचे, अब उनले यो देशको लागि आउने १०० बर्षको लागी, आजै स्वप्न नदेखे कसले देख्ने ? के स्वप्न देख्न मिल्दैन नेपालको प्रधानमन्त्रीले ? के हाम्रो स्वप्न कसैले देखिदिन पर्छ ? हामी आफंै देख्न सक्तैनौ  ? विदेशीले देखि दिएको सपनाले देश बन्दैन, सपना आफैं देख्नु पर्छ ।

प्रधानमन्त्री के.पी. ओली राजा पृथ्वी नारायाण शाह, राजा महेन्द्र, महामानव वि.पि. कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, पछिका अब्बल राष्ट्रिय नेता, स्वप्नदर्शि राजनेता हुन भलै उप—बुज्रुकहरुले उनको उपहास गर्ने भूल गरेकै अवस्था किन नहोस् । प्र.म. अगाडी बढ्दै जाउ, सारा राष्ट्रवादीहरु तपाईको सपनाको स्वागत् गर्छन् । उप(बुज्रुकहरु त सपना देख्दैनन्, स्वप्नदर्शीहरुको सधंै विरोध गर्छन् । त्यो इतिहासदेखि आज सम्म उस्तै छ, यत्र तत्र सर्वत्र । प्र.म. के.पी. सपना देख्दै जाउ, तपाईको दिर्घायूको कामना स्वप्न साकार गर्नको लागि ।

वर्तमानमा सकरात्मक सोच भएको पिडि र भविश्यका पिडिले अझै ठूलाठूला सपना देख्न र कार्यान्वयन गर्न जरुरी छ । राजनैतिक नेताको सपना, भिजन, अभिव्यक्ति, देशको योजना, सफल कार्यान्वयन र विकाशमा परिवर्तन हुनु जरुरी छ । त्यो पनि स्वप्नशील व्यक्तिले मात्र गर्न सक्छ । प्र.म. के.पी. ओलीले रोपेको स्वप्नको वीज एकदिन विशाल विकाश वृक्ष बनेर नेपाली घर आँगनमा उभिनेछ, फलपूmल र विकाशको सुगन्ध सहित ।

यदि कमरेड पुष्प कमल दाहाल “प्रचण्ड”, कमल थापा, सि.पि. मैनाली, नारायण मान बिजुक्छे, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र विक्रम चन्द विप्लव , गगन थापा र प्र.म. के.पी. ओलीको स्वप्न सासकीय स्वरुपमा पनि मिल्न गयो भने देशले प्रत्यक्ष जनताबाट चुनिएको शशक्त प्रजातान्त्रिक प्रधानमन्त्री पाउनेछ अनि राजनैतिक स्थीरता, सुशासन, विकाश र सच्चा बुद्धको शान्ति यो देश र जनताले प्राप्त गर्नेछन्, अनि स्वप्न देख्ने प्र.म. ले जनता र देशको लागि ढुक्क काम गर्न पाउने छन् ।

नेपालको राजनीतिमा “Horse-trading”, “Gallery Play” / “Double Standard” को कालखण्ड सदाको लागि समाप्त हुनेछ । देश विकाशको स्वप्न देख्ने प्रधानमन्त्रीले २४ घण्टा जसरी राजनैतिक शंकटको सामना गर्नु पर्यो सरकार बचाउन त्यो सदाको लागि अन्त्य गर्न जरुरी छ । सबैलाई चेतना भया ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्