Logo
८ बैशाख २०८१, शनिबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारागारमा रहेका बिहारका बब्लु दुवे समूहबाट केडियाको अपहरण !

काठमाडौं । बिहीबार साँझ बाराबाट अपहरणमा परेका केडियालाई बिहारका कुख्यात अपराधी बब्लु दुवे  समूहले अपहरण गरेको खुलासा भएको छ ।
अर्गनाइजेशनका सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको राज्यको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको हो ।

उच्च स्रोतका अनुसार उनको अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने दुईजना फरार भएका छन् । 

अपहरण बिहारको कुख्यात मानिएको बब्लु दुवे  समुहले गराइएको थियो । बब्लु दुवे मोतिहरीकै एक कारागारमा कैद सजाय भुक्तान गरीरहेका छन् ।

भारतिय पत्रकार अरुण साथीका अनुसार सीमावर्ती विहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल सत्तामा फर्किए लगगत्तै हत्या, अपहरण र फिरौती सुरु भएका छन् । इन्जीनियर, ठेकेदार, व्यापारी अपराधीको निसानामा परेका छन् ।

बिहिारका पत्रकारले दिएको जानकारी अनुसार विहारमा सजिलै अपराध बढ्न थालेपछि उताका अपराधीले आर्थिक नगरीका उद्योगी व्यवसायीलाई टार्गेट गरेका हुन् ।

भारतीय समकक्षीसँग समन्वय गरी केडियाको अवस्था बुझ्ने काम भइरहेको प्रहरीले जनाएको थियो ।  

बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक केडिया साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ  अपहरणमा परेका थिए । 
उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्