दिल्लीबाट एक युवतीको उद्धार
नेपाल बाट युवतीलाइ एकजना आशा नाम गरेकी युवतीले विदेश जाने भन्दै प्रलोभन देखाएर भारत, श्रीलंका हुँदै कुवेत पुर्याउने तयारी गरिरहेको क्रममा ति युवतीलाई उद्दार गरिएको हो । ति युवती संगै आएकी अर्की एकजना कल्पना बिक भने संगै आएको बसबाट बीचबाटोमै रहस्यमय तरिकाले गायब भएकी छिन । उनको खोजि कार्य भैरहेको छ भने आशा लाइ कृष्णनगरमा शान्ति तथा पुनर्स्थापना र नेपाल प्रहरीले नियन्त्रणमा लिएको जानकारी उद्दारकर्मिहरुले मिडियालाइ बताउनु भयो । लक्ष्मी श्री न।१ वन तथा पर्यावरण सुरक्षा गणमा जागिरे हुन् उनको सात महिना अघि बिहे भएको थियो भने अहिले उनका श्रीमान दुवैमा कार्यरत छन् ।
अहिलेको समयमा यस्ता घटनाहरुको जानकारी हुदाहुदै पनि जानान्जान्मै धेरै पैसा कमाउने सपना बोकेका कयौँ नेपाली युवा युवतीहरु यसरि दलालहरुको जालमा परि आफ्नो जिन्दगी बर्वाद गर्न बाध्य भएका छन् ।
ति युवतीलाई नेपाली देशभक्त आवाज र प्रवासी नेपाली संघका पदाधिकारीहरुले नेपाली राजदुतावासमा लगेर बुझाएपछि राजदुतावासकै आदेशनुसार उनलाई नेपाल सम्म कन्चनपुरको महेन्द्रनगर स्थित शान्ति तथा पुनर्स्थापनाका संयोजक भूमिराज भट्टराइ र प्रहरी प्रशासनलाई जिम्मा लगाईएको छ । नेपाली देशभक्त आवाज र प्रवासी नेपाली संघको पहलमा शान्ति तथा पुनर्स्थापनाले यो भन्दा पहिले पनि भारत बाट १३ जना युवतीहरुको उद्दार गरिसकेको छ ।