Logo
७ बैशाख २०८१, शुक्रबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हङकङ जान लागेका फेरी चिनियाँ नागरिक कोकिनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर हुँदै हङकङ जान लागेका एक चिनियाँ नागरिक तिन किलो एक सय ७७ ग्राम कोकिनसहित पक्राउ परेका छन् ।

कोकिन तस्करी गर्ने अफ्रिकनहरुले नेपालको रुटमा चिनियाँ भरिया प्रयोग गर्न थालेपछि नेपालमाथि चुनौति थपिएको ब्युरोका एसएसपी गणेश केसीले बताए । विगतमा केहि देशका नागरिक, सिमित एयरलाइन्सलाई निगरानीमा राख्ने गरेको ब्युरोलाई लागुऔषधमा चिनियाँ नागरिकहरुको सक्रियता थप टाउको दुखाइ बन्न थालेको छ ।

मलेसियन एयरबाट उड्न लागेका चुन म्यान हुलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।  पक्राउ परेका उनलाई मे १८ मा नेपाल आएकी एक बोलेभियाकी महिलाले उक्त कोकिन दिएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार ती महिलाले २६ मेमा मात्रै चिनियाँ नागरिक हुलाई कोकिन दिएकी थिइन् । कोकिन लिएर मलेसिया हुँदै हङकङ जान लागेका हो पक्राउ परे पनि बोलेभियाकी महिला भने उम्किन सफल भएकी छिन् ।

नेपालमा पछिल्लो समय हप्तैपिच्छे लागूऔषध कोकिन बरामद हुन थालेको छ । एक सातामै करिब ६ किलो कोकिन बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोलाई सफलतासँगै चुनौति पनि थपिएको छ ।

२०६८ सालमा लागुऔषध नियन्त्रण ब्युरोले पहिलोपटक नेपालमा अवैध लागुऔषध कोकिन बरामद गरेको थियो । मलेसियन महिला मिरिनाले टुनाफिस माछाको डिब्बमा ल्याएको १ किलो कोकिन पहिलोपटक बरामद भएको थियो ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्