Logo
१२ बैशाख २०८१, बुधबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिरौती दिएर अपहरण मुक्त भएका हुन उद्यौगी केडिया !

श्याम गुप्ता, रक्सौल-बिहार, भारत । बिरगंज निवासी उद्यौगी सुरेस केडिया परिवारले फिरौती रकम बुझएर छुटाएको समाचार प्राप्त भएको छ तर समाचारको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । 
त्यस्तो त बिहार पलिसले स्पेसल टास्क फोर्स मार्फत अपहरणकारीले केडियालाई लुकाएर राखेको ठाउँमा छापा मारी उद्दार गरेको भने पनि समाचार आयो तर त्यस्तो होइन रहेछ । 
प्रहरीले हाल भारतीय जेलमा रहेका कुख्यात भारतीय अपराधी बब्लु दुबेको समूह अपहरणमा स‍ंलग्न भएको पत्ता लगाएपछि उनको परिवारलाई नियन्त्रणमा लिएर सोधपूछ गरेको थियो ।

त्यसपछि अपहरणकारी आफैले केडियालाई लुकाएर राखेको ठाउँबाट मोटरसाइकलमा राखी मोतिहारीको छतवनी चोकमा ल्याएर छाडिदिएका थिए।

पत्रकार सम्मेलनमा केडियाले स्वंय आफूलाई हातमुख बाँधेर अगाडि एक जना र पछाडि एक जना बसी त्यो ठाउँमा ल्याई छाडिदिएको बताए तर उनले मिडियामा फिरौति मागिएको भनी आएको समाचारको खण्डन पनि गरे ।  

यद्यपी समाचार श्रोतले भने फिरौतीबारे मुख नखोल्ने सर्तमा उनले त्यसलाई इनकार गरेका हुन ।    घटनामा दुवैतर्फका आपराधिक समूहको संलग्नता हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जानकारी भारतिय बिहार प्रहरीले पत्रकार सम्मेलनमा दिइयो ।
प्रहरीका अनाुसार दुबे तीन वर्षअघि काठमाडौँमै पक्राउ परी भारतमा बुझाइएका अपराधी हुन् ।यता, अपहरण भएको चौथो दिन उद्योगी सुरेश केडिया घर फर्किएका छन् । 
भारतीय प्रहरीको स्पेस टास्क फोर्सले सकुशल उद्दार गरेका केडियालाई रक्सौलमा ल्याएर नेपाली प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।

त्यसअघि दुई देशका प्रहरीको संयुक्त पत्रकार सम्मेलनमा भारत र नेपाल दुवै प्रहरीको समन्वयमा अपरेसन गरेर केडियाको उद्दार गरिएको जानकारी दिइयो । भारतका तर्फबाट प्रहरी जितेन्द्र राना र विनयकुमारले केडियालाई रक्सौलसम्म लिएर आएका थिए ।

भारतीय प्रहरीले रन्जन झा नाम गरेका एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। उनी अपहरण गर्दा प्रयोग भएको गाडीको ड्राइभर रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यसैगरी छ वटा हतियार र चार वटा गोली पनि बरामद भएको छ।

विहारका मुख्यमन्त्री नीतिशकुमारको निर्देशनमा भारतीय प्रहरीले स्पेसल टास्क फोर्स बनाएर केडियाको उद्दार गरेको थियो ।  

रक्सौलका व्यापारी महेश अग्रवालले केडियाको उद्दार नभए रक्सौलका व्यापारीसमेत त्रसित हुन्छन् र व्यापार चौपट हुन्छन् भन्दै आवाज उठाएका थिए। मुख्यमन्त्री नीतिशकुमार सम्म पुग्न उनीहरुले भाजपाका सा‍ंसद सन्जय जैसवालको सहयोग लिएका थिए।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्