Logo
१२ बैशाख २०८१, बुधबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले नेपाललाई गणतन्त्र दिवसको किन दिएन होला त शुभकामना !

काठमाण्डौ । बिश्वका बिभिन्न देशले नेपालमा गणतान्त्र दिवसको अवसरमा शुभकामना दिएपनि छिमेकी मुलुक भारतले भने शुभकामना नदिएका खुलेको छ । अस्ति शनिबारमात्र सम्पन्न भएको मुलुकको गणतन्त्र दिवसमा छिमेकी मुलुक भारतले शुभकामना समेत नदिएका हुन ।

किन दिएन भारतले गणतन्त्र दिवसको शुभकामना परराष्ट्र मन्त्रायललाई मात्र होइन आम सर्वसाधारणलाई समेत चासोको बिषय बनेको छ ।

नेपालका छिमेकी दुई मुलुक मध्ये चिनको शुभकामनाले निकै चर्चा पायो भने शुभकामना सन्देश नै नपठाइएको भारतका बारेमा चर्चा नै भएन ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्या भण्डारीद्धारा आयोजीत कार्यक्रममा भारतीय राजदुत रन्जित रेलाई देखेको थिए तर शुभकामनाको बारेमा मैले पनि बुझ्न पर्छ परराष्ट्र मन्त्रायलका प्रबक्ता एबं सहसचिब  ताराप्रसाद पोख्रेलले भने ।

जेठ १५ गतेको गणतन्त्र दिवसमा छिमेकी मुलुक भारतले शुभकामना सन्देश समेत नपठाए पछि नेपाल र भारतको सम्बन्धमा थप तिक्तता आएको बिज्ञहरु बताउछन्  ।

२०६५ सालमा पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको दिनलाई नेपालले राष्ट्रिय दिवसका रुपमा गणतन्त्र दिवस मनाउँदै आएको छ। तर यो दिवसमा दर्जनौ मुलुकले नेपाललाई शुभकामना सन्देश पठाए पनि भारतले भने पठाएन।

तयसो त चीनका प्रधानमन्त्रीले आफ्ना समकक्षी केपी ओलीलाई र राष्ट्रपति विद्या भण्डारीलाई शुभकामना सन्देश पठाएको खबरले नेपाली मिडियामा  ठुलो स्थान पाएको थियो ।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्