Logo
१५ चैत्र २०८०, बिहीबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहरका भित्तामा पोस्टर टाँस्न प्रतिबन्ध गर्ने सिंहदरबार भित्रै जताततै पोस्टर !

काठमाडौं । सिंहदरवार परिसर यतिबेला मन्त्रालयका भित्ताहरु चुनावी पोस्टरले रंगिन थालिएका छन । अतिनै संवेदनशिल मानिएका सिंहदरवारका कर्मचारीहरुले नै मन्त्रालयका भित्ताहरुलाई पोष्टर लगाउने स्थान बनाइदिएका छन ।

आगामी जेठ १९ गते हुने देशभरका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको प्रचार प्रसारका नममा यतिबेला सिंघदरवारको प्रत्येक भित्ताहरुमा पोष्टर टासिएको देख्न पाइन्छ । 

निर्वाचन कार्यतालिका अनुसार मंगलबार विहान ९ बजेसम्म प्रचारप्रसार गर्ने समयावधि तोकिएको छ । बुधबार हरेक मन्त्रालयमा मतपेटिका राखेर भोट खसाल्ने कार्यक्रम छ । 
भने ७५ वटै जिल्लाको जिल्ला प्रशासन समेत गरेर ११७ वटा मतदान केन्द्र रहने छ । ३५ हजार कर्मचारीको अन्तिम नामावली प्रशासन भइसकेको छ ।

विभिन्न दलसम्वद्ध ७ वटा ट्रेड युनियनहरु रहेका छन् भने आधिकारिक ट्रेड युनियन निर्वाचनमा ६ वटा संगठनहरुले भाग लिदैछन् ।

काम छाडेर प्रचारमा कर्मचारी

निर्वाचन प्रचारप्रचारमा कर्मचारीहरु मन्त्रालयको कामै छोडेर विभिन्न कार्यलय धाउँदै गरेको सोमबार दिउँसो भेटिन थालिएका छन ।

‘त्यसे त शहरका भित्तामा पोस्टर टाँस्न प्रतिबन्ध गर्ने तर देशकै प्रशासनिक केन्द्रलाई पोस्टरले रंग्याउन मिल्छ ?  भन्ने प्रशन यतिबेला निकै नै हुन थालिएको छ ।

तर प्रमुख निर्वाचन अधिकृतको कार्यालय यसबारे अनभिज्ञता प्रकट गरेका छन । 

कार्यालयका प्रवक्ता सन्तोष गिरिले मन्त्रालयहरुमा कुनै पोस्टर नटाँसिएको तर हरेक ट्रड युनियनले व्यानर टाँगेको हुन सक्ने बताए ।  निर्वाचन प्रकृया पूरा भएपछि तत्कालै ती प्रचार सामाग्री हटाइने प्रतिबद्धता व्यक्त समेत गरे ।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्