उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी र चट्याङबाट २४ को मृत्यु
नयाँदिल्ली । भारतको उत्तरी राज्य उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी, चट्याङ र मुसलधारे बर्षाबाट कम्तीमा २४ व्यक्तिको मृत्यु भएको छ।
गत शुक्रबार रातिबाट उत्तर प्रदेशमा सुरु भएको आँधीबेहरी र चट्याङबाट १८ व्यक्तिको मृत्यु भएको बताइएको छ । उत्तर प्रदेशका बिभिन्न भागमा आएको यस प्रकोपको कारण उनीहरूको मृत्यु भएको हो ।
त्यसैगरी उत्तराखण्डमा पनि यस प्रकोपबाट छ व्यक्तिको मृत्यु भएको छ। रुखहरु जरैदेखि ढल्ने र कमजोर घरको संरचनाहरु भत्किदा ती व्यक्तिको ज्यान गएको बताइएको छ।
गत हप्ता पनि उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेहरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको थियो । उत्तर प्रदेशको पश्चिमी र मध्यभागहरूमा सुरु भएको चट्याङ र आँधीबेरीका कारण ती व्यक्तिहरूको मृत्यु भएको थियो।
उत्तर प्रदेशको ६ वटा जिल्लामा चट्याङ पर्नुका साथै आँधीबेहरीबाट २३ व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा गएको करिब तीन दिनदेखि वर्षा पनि जारी छ। सो वार्षाका कारण बाढी पहिरोेको प्रकोप पनि देखिएको छ।