Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनिषा प्रकरण: यस्तो बाहाना बनाउदैँ आशिष !

रामकुमार श्रेष्ठ, कावासोती । फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको हत्या वा आत्महत्या के हो भन्ने विषयमा गर्ने भनिएको पोलिग्राफ सोमबार पनि हुन सकेन ।
हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेको उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरी सोमबार टाउको दुखेको छ भन्दै पोलिग्राफ गर्न मानेनन् । 
पोलिग्राफ मंगलबार बिहान गर्ने बताइएको छ । उनले अझै पनि आफूले प्रेमिका मनिषाको हत्या नगरेको दाबी गरेका छन् । 
क्षेत्रीय प्रहरी कार्यालय पोखराका पोलिग्राफ शाखाका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे पोलिग्राफका लागि सोमबार परासी आइपुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले चौधरीले सोमबार टाउको दुखेको भन्दै पोलिग्राफ गर्न नसक्ने बताएपछि मंगलबार बिहान गरिने बताए । 
सापकोटाका अनुसार टोलीले सोमबार घटना स्थलको समेत निरीक्षण गरेको थियो ।पोष्टमार्टमको विस्तृत रिपोर्ट आउन पनि बाँकी छ । आज मंगलबारसम्म पोष्टमार्टम रिपोर्ट आउने सक्ने प्रहरी निरीक्षक सापकोटाले बताए । 
उनले मनिषा घर एक्लै रहेको थाहा पाएपछि गएको र झगडा हुँदा दुई झापड हानेर घर बाहिर बरन्डामा आएर सुतेको र पछि फर्केर हेर्न जाँदा झुण्डिएर मृत्यु भएको दावी गर्दै आएका छन् ,चितवन पोष्टमा खबर छ । आशिष अझै जिल्ला प्रहरी कार्यालय नवलपरासीमा रहेका छन् ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्