Logo
८ बैशाख २०८१, शनिबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाको हतियार गोदाममा मध्यराति आगलागी हुँदा १७ सैनिकको मृत्यु

मुम्बाई । भारतको महाराष्ट्रमा रहेको सैनिक हतियार भण्डारण गोदाममा सोमबार मध्यराति भएको आगलागीमा परी कम्तीमा १७ जना सैनिकको मृत्यु भएको छ ।
यस लागलागीमा परी अन्य १९ जना सैनिक घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।  पश्चिम भारतीय राज्य महाराष्ट्रको नागपुर सहरनजिकै पुलगाओन क्षेत्रमा रहेको सो गोदाममा स्थानीय समयाअनुसार सोमबार मध्यराति सो आगलागी भएको बताइएको छ ।

यस आगलागाीमा परी १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका र घाइतेहरुको अवस्था खतरामुक्त भएको वार्धा जिल्ला प्रहरी निरीक्षक स्मित पाटिलले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

हाल उद्धारकर्ताहरुले सो आगलागी नियन्त्रणमा लिइएको बताएका छन् । सो गोदामको वरिपरि बसोवास गर्दै आएका हजारौँ बासिन्दालाई त्यस स्थानबाट अन्यत्र सुरक्षित स्थानमा सारिएको पनि बताइएको छ ।

भारतीय समाचार एजेन्सी पिटीआइका अनुसार सो घटनामा मारिएका १७ जना नै सैनिक अधिकारी हुन् । मङ्गलबार मध्य राति सुरु भएको सो आगलागी स्थानीय समयअनुार बिहान मङ्गलबार ६ः१५ बजे मात्र नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्