Logo
१३ बैशाख २०८१, बिहीबार
(April 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रेम गीत’ की पुजा शर्माले गरिन् नायकलाई ब्लक, निर्मातालाई अनफ्रेन्ड !


काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेम गीत’ हीट हुदा समेत निर्माता र निर्देशकको समन्ध किन फिट हुन सकेन भन्ने न्युज केही समय अघि ग्यालमर नेपालले सार्बजनिक गरेको थियो । यतिबेला यसै चलचित्रका निर्माता र नायक संग नायीका पुजा शर्माको समेत सम्बन्ध बिग्रेको छ ।
उनले नायक प्रदिप खड्कालाई ब्लक तथा निर्माता सन्तोष सेन र ओभरसिज राइट्स लिएका सुवाससिंह ठकुरी लाई सामाजिक संजाल ९ फेसबुकमा ० अनफ्रेन्ड गरेकी छन् । साथै उनले चलचित्र संग समन्धीत अन्य  केही ब्याक्तीहरुलाई समेत अनफ्रेन्ड गरेको बुझिएको छ ।
बुझ्नमा आए अनुसार उनले विदेशका बिभीन्न ठाउमा हुने बिशेस सोमा आफुलाई सहभागी नगराएको भन्दै यस्तो गरेकी हुन् । चलचित्रको यतिबेला विदेशका बिभीन्न ठाउको सोमा नायक प्रदिप खड्कालाई मात्र समाबेस गराउदा रिसले चुर हुदै नायीका शर्माले यसो गरेको बुझीएको छ ।  निर्माता सन्तोस  निर्देशक सुदर्शन र नायीका पूजाले यसअघि चंखे शंखे पंखेमा समेत सहकार्य गरेका थियो ।
चलचित्र प्रेम गीतमा प्रदिप र पुजा मुख्य भूमिकामा देखिएपनि पुजालाई दर्शकले मन पराएनन् भने प्रदिपको चर्चा र देश बिदेशमा निकै डिमाण्ड भैरहको छ । चलचित्रमा राम्रै काम गरेपनि चलचित्र पाउन नसकेकी पुजाले हालसम्म आफ्नै प्रेमी ९ निर्देशक ० सुदर्शन थापाको कारण चलचित्रमा अभिनय गरीरहेकी भन्ने हरु पनि धेरै छन् । माघ २९ गते देखि देशभर प्रदर्शनमा आएको यो चलचित्र नेपालबाट निकै राम्रो ब्यापार गरेको थियो भने विदेशमा समेत राम्रो ब्यापार गरिरहेको ओभरसिज राइट्स लिएका सुवाससिंह ठकुरीले बताए । 
चलचित्रलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, न्यूजिल्याण्ड, युएई, कतार, बहराइन, ओमान, कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत, यूके लगायतका देशहरुमा लगाउने तयारी भैरहेको छ ।‘रनवे फेसन हाउस’ले यो चलचित्रको ओभरसिज राइट्स करिब ४० लाखमा किनेको थियो ।

प्रकाशित मिति: Apr 29, 2016

प्रतिक्रिया दिनुहोस्