Logo
१३ बैशाख २०८१, बिहीबार
(April 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाईले नै गरे कृष्णदासजी महाराजलाई बद्नाम गराउने षडयन्त्र !

काठमाण्डौ । यती बेला रामानन्दाचार्य सेवापीठ चतराका स्वामी सिद्धबाबा डा कृष्णदासजी महाराज  आम नेपालीहरु बिच चर्चाको शिखरमा हुनुहुन्छ । सिद्धबाबा कृष्णदासजी महाराजले हालैको आफ्नो नौ दिनको भू–समाधिले चिकित्सा विज्ञानलाई थप अनुसन्धान गर्ने बाटो देखाएको बताए पछि ब्यापक चर्चा बटुल्न थाल्नु भएको हो ।
यस बिषयमा नकारात्मक र सकारात्मक  टिप्पणी समेत चलेको छ । पोखरामा नौ दिनसम्मको लामो समाधि सके लगत्तै चर्चा परिचर्चा निकै बढेको देखे पछि केहि ब्यक्तिहरुले उहाँको बद्नाम गराउने षडयन्त्र भएको खबर छ । भू–समाधि पछि विराटनगर पुग्नुभएका कृष्णदासजी महाराजलाई भेट्न पुगेको भिडले अताल्लिएकाहरु तिरमिराएकाले उहाँको बिरोध गरेको महाराजका एक सहयोगीले बताउनु भयो ।
९ बर्षको बाल्यकालमा भारत प्रबेश गर्नु भएका कृष्णदासजीले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “मैले चिकित्सा विज्ञानलाई चुनौती दिएको हैन, थप अनुसन्धानको बाटो देखाइदिएको हुँ, कृष्णदास महाराजको भनाइको बिरुद्दमा अनेक टिकाटिप्पणी हुन थालेको छ । पछिल्लो समय  केहि संचार माध्यम प्रयोग गरि  ति ब्यक्तीहरुले कृष्णदासजीको बद्नाम गराउने कुचेष्ठा गरेका हुन् कृष्णदास जीका सहयोगी बुद्धकुमार शाक्यले बताउनु भयो ।
कृष्ण दास जीको योग, ध्यान, साधना, आर्युवेदको ज्ञानले धेरै विरामीहरुको उपचार समेत भएकोले उहाँको छवि दिन दुगुणा रात चौगुणा फैस्टाएको छ, यो देख्न नसकेपछि केही व्यक्तिहरु र उहाँको भाईसमेत निरन्तर विरोधमा लागिरहनु भएको छ, उनले थपे । त्यसो त कृष्णदासजी महाराज स्वामी बनेर हिड्ने हामीले आर्थिक लाभ नपाउने सम्मका कुरा भाईले गरे पछि उहाँहरु बिच खटपट भएको समाचार स्रोतले बताएको छ । उहाँलाई बद्नाम गराउन आफ्नै भाइ खटिएका छन् ।
पछिल्लो समय क्यान्सरको रोगीहरु समेत उहाँको उपचारबाट निको भएपछि सत्रु पक्ष झन छटपटिमा देखिन थालेको स्रोतले बताएको छ । अनाहकमा  नागरिकताका कुराहरु चर्चामा ल्याइएको छ । नागरिकता कानुनी रुपमै प्रकृया पु¥याएर लिएको हो । जिल्ला प्रसाशन कार्यलयको नियम ,कानुन र एेन अन्र्तगत नागरिकता लिएको हो ।
पछिल्लो पटक लिएको नागरिकतामा सपोटेट डुकुमेन्ट सुरक्षित छ उनले भने ।  अर्को कुरा जहाँ सम्ममा चेकको कुरा छ यो उहाँकै भाईले गरेको प्रपोकाण्ड हो । घर परिवारभत्रि लेन देन स्वभाविक हुन्छ । बाबु, आमालाई समेत गुरुजीले पाल्नु भएको छ । भाईहरुले अनाहेकमा गुरुजीलाई टर्चर गर्छन् । पहिले पहिले भाई नै गुरुजीको संस्थामा काम गर्नु भएको थियो ।
उहाँले आर्थिक अनियमित्ता गरेपछि संस्थाका अधिकारीले हटाइदिए । अहिले पुराना चेकको कुरा ल्याएर विवादमा ल्याउने काम भएको  छ । यसमा सत्यता छैन, लेन देन हुँदाको नगदी कारोबार नखुलाउने चेक मात्र सञ्चार माध्यममा देखाउने एउटा कुचेष्टा मात्रै हो, उनले थपे ।
कृष्णदासजी महाराजले भौतिक शक्ति भन्दा अध्यात्मिक शक्ति ठूलो भएको बताउँदै आफूले साधनाको अभ्यास गरेको आध्यात्मिक शक्तिले नौ दिनसम्मको समाधि सफल भएको बताउनु भएको थियो । तर  भू–समाधि चुनौती होइन, अनुसन्धान गर्ने बाटो  हो कृष्णदासजी महाराजले भन्नु भयो ।
यसैलाई केहि सन्चार माध्यमले बाङ्गो टिङ्गो पारिदिएकोमा दुख लागेको उहाँले बताउनु भएको छ । यसै बिच विराटनगर विमानस्थलमा महाराजलाई स्वागत गर्न मोरङका वरिष्ठ उद्योगपति राजेन्द्र राउत, भीम घिमिरे, सांसद पवन शारदा, रमेश राठी, वरिष्ठ समाजसेवी श्याम पौडेललगायत थुप्रै सर्वसाधारणले महाराजको दर्शन गर्न उपस्थित थिए ।

प्रकाशित मिति: Apr 30, 2016

प्रतिक्रिया दिनुहोस्