Logo
८ बैशाख २०८१, शनिबार
(February 4, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीको भ्रष्ट मति सुधार्न सबै तहका प्रहरीलाई तालिम दिदै

काठमाडौं । हरी प्रधान कार्यालयले भ्रष्ट प्रवृत्ति रोक्न सबै तहका प्रहरीलाई आचरण सुधार तालिम सुरु गरेको छ । अध्यात्म र नैतिक शिक्षा शीर्षकमा छुट्टै पाठ्यक्रम बनाएर प्रहरीलाई तालिम दिन थालिएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले अध्यात्म र नैतिक शिक्षको पाठ्यक्रम बनाएको छ । हाल आधारभूत तालिम गरिरहेका प्रहरी निरीक्षकहरुबाट यस्तो तालिम सुरु गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी राजेन्द्रसिंह भण्डारीले बताए ।

‘प्रहरीको तालिममा हामी आमूल परिवर्तन गरिरहेका छौं’, एआईजी भण्डारीले भने, ‘त्यसैको एउटा भाग अध्यात्म र नैतिक शिक्षा पनि हो ।’ पाठ्यक्रममा नै नैतिक मूल्यमान्यता र आचारणको महत्वबारे सिकाइने उल्लेख छ ।

प्रहरीलाई आर्थिक लेनदेन हुने संगठनको आरोप लाग्ने गरेको छ । यो आरोप हटाउन र प्रहरीलाई सदाचारी बनाउने अभियानस्वरुप सुरुवातको तालिममै नैतिक आचरणको शिक्षा दिन थालिएको हो ।

आधारभूत तालिममा मात्र नभई एकेडेमीमा हुने सबै तालिममा यो शिक्षा दिइने एआईजी भण्डारीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Feb 4, 2015

प्रतिक्रिया दिनुहोस्