Logo
६ बैशाख २०८१, बिहीबार
(February 12, 2015)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकमा एदी आफ्नै साथिबाट नांगा फोटो र भिडियो आउँछन् ? होसियार !

काठमाडौं । फेसबुकमा पछिल्ला दिनहरुमा एक नयाँ स्पाम भाइरसले सबैलाई हैरान पारेको छ । तपाईले जुनसुकै समयमा यस्तो फोटोमा क्लिक गर्नुभयो भने यस्तो स्पाम फैलिन सक्छ ।

खतरनाक कुरा के छ भने यो स्पामको चपेटामा परेका मानिसहरुले कसैलाई म्यासेज गरेर स्पष्टिकरण दिने समय नै पाउँदैनन् । तपाईको इनबक्समा कुनै तपाईका साथीको प्रोफाइलबाट कुनै लिंक आउन सक्छ ।

 जसमा तपाईको फोटो हुनसक्छ या तपाईको भिडियो भएको दावी गरिएको हुनसक्छ । तर यस्तो लिंकमा भुलेर पनि क्लिक नगर्नुहोला, नत्र तपाईपनि यसको चपेटामा पर्नुहुनेछ ।

एक पटक तपाईको फेसबुक यो स्पामको चपेटामा प¥यो भने तपाईको फेसबुकबाट अरुलाई यस्तै लंक जानेछ । यसमा तपाईको नामसहित प्राइभेट भिडियो लेखिएको हुन्छ ।

प्रकाशित मिति: Feb 12, 2015

प्रतिक्रिया दिनुहोस्