Logo
७ बैशाख २०८१, शुक्रबार
(June 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शव सहित युएइबाट १६८ नेपाली बोकेको विमान काठमाडौँमा अवतरण, प्रदेश स्तरमा बाँडफाँड

युएइबाट भर्खरै १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले विमान ५ः३८ ल्याण्ड गरेको जानकारी दिनुभयो । यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो ।

साे विमानमा एक शव पनि रहेकाे विमानस्थलका अधिकारीहरूले बताएका छन् । युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।

प्रकाशित मिति: Jun 6, 2020

प्रतिक्रिया दिनुहोस्