Logo
७ बैशाख २०८१, शुक्रबार
(June 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरालाई वातावरणमैत्री विकास गर्नुपर्ने आवश्यकता : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरालाई उद्यानको शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखराको मनोरम प्राकृतिक सौन्दर्य यहाँको वातावरणीय स्वच्छताको उपजसमेत रहेको बताउँदै उनले वातावरण संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

पोखराको सुन्दरतालाई भावी पुस्तासम्म पुर्‍याउनका लागि पनि वातावरण संरक्षणको विकल्प नभएको उल्लेख गर्दै उनले सबैको सामूहिक प्रयासमा यसको संरक्षण र विकास गर्नुपर्ने धारणा राखेका छन् ।

मुलुककै पर्यटकीय राजधानीका रूपमा रहेको पोखरामा फराकिला सडक, पार्क निर्माणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै उनले त्यस्ता विकास निर्माणमा सरकार निर्मम भएर लाग्नुपर्नेमा जोड दिए ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको सेमिनार हल निर्माण गर्नका लागि जग्गाको खोजी भइरहेको उल्लेख गर्दै उनले त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यकता औँल्याए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरको सौन्दर्यकरण गर्ने उद्देश्यले सो स्थानलाई चक्दाबन्दी गर्न सफल भएको र महानगरले एक वर्षको अवधिमा परिणाम देखिने गरी काम गरिरहेको जानकारी दिए ।

पोखरा ४ का वडाध्यक्ष शङ्कर बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका इञ्जीनियर बाबुराम भण्डारीले पार्क निर्माणका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सो स्थानमा रहेका घर हटाउन र जग्गा खरिदमा महानगरपालिकाले २ करोड ७३ लाख र पार्क निर्माणमा ६३ हजार लगानी गरेको हो ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्