Logo
१५ चैत्र २०८०, बिहीबार
(June 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा कोरोना संक्रमित ८५ हजार पुगे

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको  छ ।

यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएको शुक्रबार बिहान जानकारी दिइएको छ ।

ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ८५ हजार पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयले बुधबार मात्र यहाँ ४ हजार ६५ जना संक्रमित थपिएको जनाएको थियो । शुक्रबार बिहान ४ हजार ६८८ जना पुगेको बताइएको हो ।

यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ७७० जना पुगेको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट निको भएका व्यक्तिको संख्या ३० हजार १२८ रहेको पनि जनाएका छन् ।

यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँमात्र कोरोनाका ३३ हजार संक्रमित भेटिएका छन् ।

त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो र त्यहाँ ३१ हजार संक्रमित पाइएका छन् ।

यहाँ कोरोना भाइरसका प्रभावितहरुको संख्या प्रति दिन बढिरहेको भए पनि यहाँका प्रधानमन्त्री इमरान खानले भने देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताएको छ ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्