Logo
१२ बैशाख २०८१, बुधबार
(June 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेश स्थित तनहुँ जिल्लामा थप २ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

तनहुँको  ऋषिङ गाउँपालिका ३९ र ४० वर्षीय दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५६ पुगेको छ । जसमध्ये बागलुङका २ र लमजुङका एकजना निको भइ घर फर्किसकेका छन् ।

तनहुँमा संक्रमित हुनेको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही ठाउँमा क्वारेन्टिनमा बसेका २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

अहिले सम्ममा गण्डकी प्रदेशका ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्