Logo
१५ चैत्र २०८०, बिहीबार
(June 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्वारेन्टिनमा बसेर घर फर्किएका युवकको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ११ पुगेको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको हो ।

१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको थियो । भारतबाट फर्केका उनलाई १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

तर बुधबार राति मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पञ्चपुरी नगरपालिका–१का वडाअध्यक्ष धनबहादुर थापाले जानकारी दिए ।

उनले शव व्यवस्थापनको तयारी सुरु भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्