Logo
१५ चैत्र २०८०, बिहीबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको नयाँ मोडेलिटिबारे छलफल र निर्णय गर्न मन्त्रिपरिषद् बैठक

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तन लगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक अपराह्न चार बजे बस्दै छ ।

हिजो प्रधानमन्त्री ओलीले लकडाउनको विषयमा सुझाव लिन विभिन्न क्षेत्रका विज्ञहरुसगँ छलफल गरेका थिए सो छलफलमा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ। सरकारले पछिल्लो पटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ ।

यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको र व्यापारीहरूले लकडाउन उल्लङ्घन गर्दै पसलहरू खोल्न थालिसकेकाले मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब रेहेको छ ।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्