Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवती हात्तीको विभत्स हत्या : जो कसैको केहि क्षती नगरी पानीमा तीन दिनसम्म मृत्यु पर्खिरहिन्

दक्षित भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ ।

उक्त हात्तीलाई केही उच्छृङ्खल तत्त्वले विस्फोटक पदार्थ भरिएको फलफूल खान दिएको आशंका छ । यस घटनालाई मानिस र जनावरबीचको संघर्षमा मानवताको पतनको अर्को अध्यायका रुपमा लिइएको छ ।

वन विभागका अधिकारीका अनुसार उक्त हात्तीको उमेर १४–१५ वर्षको रहेको थियो । विस्फोटपछि घाइते भएकी हात्ती यति पीडामा थिइन्, उनी तीन दिनसम्म वेलियार नदीमा उभिएर बसिरहिन् ।

यस दौरान उनको सुँड र मुख पानी भित्र नै थियो । उनीसम्म चिकित्सक पुर्याउने प्रयास पनि असफल रह्यो । साइलेन्ट भ्याली नेशनल पार्क, पलक्कडका वाइल्ड लाइफ वार्डन सेमुअल पचाऊले बीबीसीसँग भने, ‘हामीले हात्ती घाइते भएको स्थान फेला पार्न सकेका छैनौँ ।

हात्तीले मात्र पानी पिइरहेकी थिइन्, सायद यसले उसलाई राहत मिलिरहेको थियो । उनको मुखको दुवै तर्फ गम्भीर चोट लागेको थियो । उनको दाँत पनि भाँचिएको थियो ।’

पल्लकड जिल्लाको मन्नारकड क्षेत्रका वन अधिकारी सुनील कुमारका अनुसार वन विभागका अधिकारीहरुले यो हात्तीलाई गत २५ मे मा फेला पारेका थिए ।

यो हात्ती छेउको खेतमा पुगेकी थिइन् । सायद उनी आफ्नो गर्भमा रहेको शिशुका लागि केही खान चाहन्थिन् । हात्ती घायल भएको घटनाले तब चर्चा पायो, जब रेपिड रेस्पोन्स टोलीका वन अधिकारी किृष्णननले फेसबुकमा यसबारे भावुक पोष्ट लेखे ।

उनका अनुसार घाइते भएपछि हात्ती एक गाउँबाट भाग्दै निस्किएकी थिइ्न । उनले कसैलाई पुर्याइनन् । सुनील कुमारका अनुसार विभागले हात्तीलाई मद्दत गर्नका लागि नदीबाट बाहिर निकाल्ने प्रयास गरे पनि उक्त हात्ती त्यहाँबाट टसमस भइनन् ।

वन विभागका पशु चिकित्सहरुले हात्तीको अपरेशन गर्ने प्रयास गरिरहेका थिए । अन्ततः गत मे २७ मा नदीमा उभिएकै अवस्थामा हात्तीले अन्तिम श्वास लिइन् । पोस्मार्टमका लागि उनको शव लैजाँदा उनी गर्भवती रहेको खुलेको थियो ।

कृष्णाले आफ्नो पोष्टमा लेखेका छन्, ‘पोस्टमार्टम गरेका डाक्टरहरुले मलाई भने कि उनी एक्लै थिइनन् । उनीहरुको अनुहार मास्कले छोपेको भए पनि म डाक्टारहरुको पीडालाई महसुस गर्न सक्थेँ । हामीले त्यहाँ नै चितामा जलाएर अन्तिम संस्कार गर्यौँ । हामीले शिर झुकाएर अन्तिम सम्मान प्रकट गर्यौँ ।’

स्यामुअल पचाऊ अनुसार यस विषयमा उजुरी दर्ता गरिएको छ र हात्तीको मृत्युको लागि जिम्मेवारहरुको पहिचान गर्ने प्रयास भइरहेको छ ।

पचाऊ भन्छन्, ‘पहिले पनि जनावर र मानिसबीच संघर्षको कयौँ घटना बाहिर आएको थियो । तर, कसैले हात्तीलाई विस्फोटक पदार्थ प्रयोग गरेर घाइते बनाएको यो पहिलोपटक हो ।’

स्रोतः बीबीसी

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्