Logo
११ बैशाख २०८१, मंगलबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा विज्ञहरुसहितको बैठक : देशमा स्वास्थ्य संकटकाल घोषणाको तयारी

सरकारले देशमा स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओली निबास बालुवाटारमा विज्ञहरुसहितको बैठक बसेको छ । प्रधानमन्त्रीले डाकेको बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू सहित २ दर्जनभन्दा बढी सम्मिलित छन ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्यमन्त्री भानु ढकालसमेत सहभागी छन ।

कोरोनाले पारेको पछिल्लो असर र लकडाउन खुकुलो पार्नेबारे ओलीले विज्ञहरुसँग छलफल गरेर आगामी मन्त्रीपरिषद्मार्फत केही महत्वपूर्ण निर्णय लिने तयारीमा रहेको बालुवाटार स्रोतले बतायो ।

पछिल्लो समय कोरोनाको संक्रमितहरु ह्वात्तै बढेको तर अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालयले संकटकाल लगाउनेगरि प्रस्ताव लैजान लागेको हो ।

मन्त्रालय स्राृेतकाअनुसार आज बसेको बैठकले नै संक्रामक रोग ऐन २०२० अन्तर्गत् स्वास्थ्य संकलटकालको घोषणा गर्न प्रस्ताव गरिएको छ ।

आजमात्रै पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एक महिनाभित्र संक्रमित संख्या १५ हजार पुग्ने आँकलन गरेका छन् । उनले भनेका थिए,‘संक्रमित संख्या दुई हजार नाघिसक्यो।

अब एक महिनाको बीचमा यो १० देखि १५ हजार पुग्न सक्छ।’

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्