Logo
७ बैशाख २०८१, शुक्रबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनाबाट नवौं व्यक्तिको मृत्यु, कुल संक्रमितको संख्या २३०० पुग्यो

सांकेतिक तस्बिर

अहिलेको बर्तमान समयमा नेपालमा कोरोना भाइरसको संक्रमित बढीरहेको अवस्थामा स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार  कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

गएको २४ घण्टामा २०१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालय जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो ।

उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको छ ।त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्