Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरियामा कोरोनाको उपचारमा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति

दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ ।

यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ ।

संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ ।

त्यसलगत्तै जापानले पनि यो औषधिको प्रयोगलाई अनुमति प्रदान गरेको छ । दक्षिण कोरियामा रेमडेसिभरका सम्बन्धमा भइरहेको अनुसन्धानले बिरामी निको हुने समयमा निकै कमी आएको देखाएको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस औषधिको आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको बताएको छ ।

तर यस औषधिको मूल्य र संख्याका बारेमा केही खुलाइएको छैन । दक्षिण कोरियामा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ५९० जना संक्रमित भएका र २७३ जनाको मृत्यु भएको छ ।

अहिले पनि करिब ८०० जना बिरामी व्यक्तिहरु अस्पतालहरुमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्