Logo
११ बैशाख २०८१, मंगलबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको : नेपाली काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ ।

काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्तिमा स्मरण गराका छन् ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्