Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा दुई समूहबीच झडप हुदाँ प्रहरीद्वारा ८ राउण्ड हवाई फायर, १५ जना घाइते

प्रदेश नं २ स्थित सप्तरीको छिन्नमस्ता गाउँपालिकामा जग्गा सम्बन्धी विवादमा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।

उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

समयमा पुगेको प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको र अहिले स्थिति सामान्य भइसकेको प्रवक्ता भारतीले बताए ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्