Logo
१२ बैशाख २०८१, बुधबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि वीरगञ्जको नारायणी अस्पतालमा ओपिडी सेवा शुरु

वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् ।

अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित आजदेखि बहिरङ्ग सेवा शुरु गरिएको हो ।

अस्पतालमा आउने बिरामीलाई सामाजिक दूरी कामय राख्दै सेवा लिने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ ।

पहिलो दिनमा २५/२५ जना बिरामीको स्वास्थ्य उपचारबाट मेडिकल, गाइनो, अर्थोलगायतका ओपिडबाट शुरुवात गरिएको छ भने बिरामी भर्नालाई अहिले रोकिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

उनले अस्पतालको केही क्षेत्र अहिले पनि सङ्क्रमण मुक्त गरी पिसिआर परीक्षण गर्न बाँकी भएकाले बिरामी भर्ना नगरिएको बताए ।

कोभिड सङ्क्रमित राखिएका क्षेत्रको परीक्षण सम्पन्न भएलगत्तै बिरामी भर्ना तथा शल्याक्रिया सेवासमेत शुरु गरिने उनले जानकारी दिए ।

अस्थायी कोभिड उपचार केन्द्रमा अस्पताललाई परिणत गर्दै अन्य उपचार सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका थिए ।

अस्पतालले ओपिड सेवा शुरु गरेपछि यसको लाभ गरिब जनताले पाउने नागरिक समाजका अगुवा नेजामुद्दिन समानीले जानकारी दिए ।

उनले गरिबको उपचार हुने मुख्य थलोका रुपमा रहेको अस्पताललाई सङ्क्रमण मुक्त गरी बाँकी उपचार सेवा चाँडोभन्दा चाँडो सञ्चालन गर्न अस्पताल प्रशासनसँग अनुरोध गरे ।

बारा, पर्सा, रौतहट, सार्लाहीलगायत सिमावर्ती भारतीय शहरबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमै आउने गरेका छन् ।

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्