Logo
१३ बैशाख २०८१, बिहीबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौमा जारी भएका सवारी पास लकडाउन अवधिभर मान्यता दिने

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर जेठ २ गतेदेखि १९ गतेसम्म जारी भएका पास काठमाण्डौ उपत्यकाभित्र लकडाउन अवधिभर लागू हुने जनाएको छ ।

पासको लागि कार्यालयमा भिडभाड बढ्न गइ सङ्क्रमण हुन सक्ने भन्दै बुधबारदेखि निवेदन र प्रमाण पुग्ने कागजात कार्यालयको इमेल र फेसबुक पेजमा पठाउन र पास तयार भएको जानकारीपछि कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाका नीलो सवारी पासलाई मान्यता दिने भएकोले नवीकरण गर्नु नपर्ने सूचनामा उल्लेख छ ।

सरकारले पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउनको अवधि बढाएको छ ।

 

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्