Logo
८ बैशाख २०८१, शनिबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुवाखालमा भेटिएका ९ व्यापारि ५ दिन प्रहरीको हिरासतमा रहने

जुवातास खेल्ने क्रममा सोमवार राति काठमाडौंको कमलादीस्थित गगौंर बुटिक होटेलबाट पक्राउ परेका ‘भीआईपी’ व्यापारीहरुलाई ५ दिन हिरासतमा राखिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार उनीहरुलाई हिरासतमा नै राखेर कसुरमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । महानगरीय प्रहरी कार्यालय दरवारमार्ग बृतले सोमवार साँझ ६ बजे उक्त होटलका सञ्चालक निक्की जोगाईसहित ९ जना व्यवसायीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा व्यवसायी रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्दकिशोर शर्मा, विमल खेतान, विमल आहुजा रहेका छन् । उनीहरु नेपालका प्रतिष्ठित व्यावसायीक घरानाका सञ्चालक पनि हुन् ।

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्