Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताका छन् ।

उनले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण विग्रिएको यहाँको अवस्था पहिलेको अवस्थामा आउने उनले बताएका हुन् ।

उनले मंगलबार भने छन् -मलाई मेरो देशको क्षमता तथा संकटको व्यवस्थापनमा गर्न सक्ने कामका बारेमा थाहा छ त्यसैले मलाई लाग्छ हामी छिट्टै नै पहिलेको अवस्थामा फर्किने नै छौँ ।

भारतको प्रविधि, यहाँको प्रतिभाका साथै अरु पनि धेरै विद्धानहरुको क्षमताका बारेमा मलाई थाहा छ त्यसैले मलाई विश्वास छ कि हामीले यो कोरोना भाइरसको प्रकोपलाई जितेर पनि चाँडै नै आफ्नो गतिमा फर्किन सक्नेछौँ- प्रधानमन्त्री मोदीले मंगलबारको एक सम्बोधनका क्रममा भनेका छन् ।

उनले आफूलाई भारतका उद्योगी तथा व्यवसायीको र भारतका किसानाहरुप्रति ठूलो भर र विश्वास रहेको भन्दै यसैकारणले पनि भारत पहिलेकै अवस्थामा फर्किने बताएका छन् ।

कन्फिडरेसन्स अफ इन्डियन इन्डष्ट्रिजको १२५ औँ वार्षिक बैठकलाई मंगलबार बिहान भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन् ।

उनले देशमा कारोना भाइरसको समस्या भएका बेलामा हालैका दिनमा धेरै क्षेत्रमा अनलाईन कार्यक्रमहरु भइरहेका बताए ।

जस्तै अप्ठेरो परिस्थितिमा पनि त्यसको समाधानको बाटो खोज्नु नै मानिसको क्षमता हो भन्दै अनलाइनका माध्यमबाट देशमा धेरै कामहरु भइरहेकोले त्यस कार्यको प्रशंसा गरे ।

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्