Logo
१२ बैशाख २०८१, बुधबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा थप १८ जना कोरोनामुक्त भएर घर फर्किए

प्रदेश नं १ मा थप १८ जना कोरोना कोरोनामुक्त भएका छन् ।

झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला गरी १८ जना कोरोनामुक्त भएका हुन् । मोरङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप १८ जना डिस्चार्ज भएका छन् ।

उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए ।

उनका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ ।

विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भएका छन् ।

हिजो प्रदेश १ मा १ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो जसमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत छन् ।

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्