Logo
६ बैशाख २०८१, बिहीबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

उनका अनुसार जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

उलने बताए अनुसार दैलेख जिल्लामा ४१ जना, सर्लाही जिल्लामा ३८ जना, कपिलवस्तुमा ४० जना, रौतहटमा १८ जना, झापा जिल्लामा २ जना, नवलपरासीका ३, जुम्ला जिल्लामा १९ जना, सल्यानका १०, सुर्खेतका ५, बाँकेमा ७ जना, दाङमा ९ जना, धनुषामा ७ जना, महोत्तरीमा २ जना, मकवानपुरमा १जना, सिराहामा ५ जना, उदयपुरमा १ जना, अछाममा १ जना, कैलालीमा१४ जना, बैतडीमा १ जना, डोटीमा १ जना, र कञ्चनपुरमा १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्