Logo
११ बैशाख २०८१, मंगलबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा : बजेट कार्यान्वयन गर्ने निकाय सक्रिय बनाउन जोड

राष्ट्रियसभाको आजको बैठकमा सांसदले कोभिड-१९ को संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेका सन्दर्भमा आर्थिक वर्ष २०७७/०७८ को बजेट समय सान्द्रभिक भएको जनाए ।

सभाको आजको वैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवेन्द्र दाहालले कोभिड-१९ का कारण स्वास्थ्य संकटबाट उत्पादन, व्यापार र लगानीसम्मको शृङ्खला प्रभावित भई विश्व अर्थतन्त्रमै संकुचन आउनेतर्फ बजेटले सबैलाई सचेत गराएको टिप्पणी गरे ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते रु १४खर्ब ७४ अर्ब ६४ करोड बराबरको आव २०७७/०७८ को बजेट प्रस्तुत गरेका थिए ।

सभामा बजेटमाथि आइतबारदेखि दलीय आधारमा सामान्य छलफल भइरहेको छ । अर्थमन्त्री डा खतिवडाले आजै बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै छन् ।

नेकपाका सुमनराज प्याकुरेलले कोभिड-१९ रोकथाम, वृद्धाभत्तालाई निरन्तरता, उद्योग सञ्चालन, सहकारी खेतीलगायतमा जोड दिइएका कारण बजेट उत्कृष्ट रहेको बताए ।

उनले भने,“सरकारले प्रस्तुत गरेको बजेटले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगारीका लागि सहयोग पुर्‍याएको छ, त्यसैगरी तराई-मधेशलाई पनि बजेटले राम्रोसँग सम्बोधन गरेको छ, यी सकारात्मक पक्षका लागि सरकारप्रति हामी आभारी छौँ ।”

सोही दलकी सुमित्रा बिसीले निजी विद्यालय सञ्चालन र विद्युतीय यातायातमा सहुलियतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका रमेशजंग रायमाझीले गत वर्षको बजेट फ्रिज भएकाले बजेट कार्यान्वयन गर्ने निकायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,“नेपाली जनताको आशा र भरोसाअनुसार बजेट आउन नसकेको छैन, सरकारले कोभिड-१९ को समयमा ८० करोड बराबरको राहत वितरण गरेको छ भनिएको छ, यो राहत कसले पायो ? ”

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्