Logo
१३ बैशाख २०८१, बिहीबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसिसी संसद्बाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ : अर्थमन्त्री

लामो समयदेखि विवादमा रहेको एमसीसी सम्झौता पास बिषयमा विभिन्न विचार आइनैरहेको अवस्थामा अर्थमन्त्री डा.युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने स्पष्टीकरण दिएका छन् ।

बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै अर्थमन्त्री डा। खतिवडाले बजेटमा तीन वर्षदेखि लगातार राख्दै आएको स्पष्ट पारे ।

‘तर अमेरिकी सहयोग रकम त्योबेला मात्र निकासा हुन्छ, जुन बेला संसदमा विचाराधीन रहेको सम्झौता पत्र अनुमोदन हुन्छ,’ उनले भने भनेका छन् ।

सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ ।

यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो ।

 

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्