Logo
६ बैशाख २०८१, बिहीबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय संगीतकार वाजिद खानको निधन, कोरोना आशंका पुष्टि हुन बाँकी

छिमेकी देश भारतका लोकप्रिय संगीतकार वाजिद खानको आइतबार राति निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

उनको आइतबार राति निधन भएको परिवारलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनको कोरोना सङ्क्रमणका कारण निधन भएको हुनसक्ने शंका गरिए पनि पुष्टि भइनसकेको खबरमा उल्लेख छ ।

उनको पोहोर मिर्गौला प्रत्यारोपण गरिएको थियो ।कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको ज्यान लिने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

वाजिद र साजिद खान मिलेर साजिद वाजिदको नाममा भारतका सयौँ चलचित्रमा संगीत दिएका छन् ।

वाजिदले टेलिभिजनका केही रियालिटी शोहरुमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्