Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति कार्यालयमा ३ वर्षअघि मात्र राखिएको गलैँचा फालेर एक करोडको नयाँ गलैँचा फेरिँदै

 

हाम्रो देश समेत विश्वभर कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेका बेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने तयारी छ ।

तीन वर्षअघि मात्र बनेको भवनमा राखिएका गलैँचा फालेर नयाँ राख्न नेकपाका प्रदेश सांसद रामबहादुर गुरुङको कम्पनीले ठेक्का पाएका छन् ।

देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्न भने एक करोड खर्च गर्दैछ ।

तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर कोठाहरू भव्य बनाउन थालिएको हो ।

राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो ।

उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् । कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिरहेको छ ।

राष्ट्रपति कार्यालयको दुईवटा ठूला हलका लागि मात्र करिब ३०/३० लाख रुपैयाँ पर्ने गलैैँचा राख्न लागिएको छ ।

त्यस्तै, अन्य कोठाहरूमा करिब ४० लाखको गलैँचा राख्ने तयारी छ ।

विदेशी अतिथिहरू आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढ्ने गरी महँगो गलैँचा बिछ्याउन लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्