Logo
७ बैशाख २०८१, शुक्रबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा भयानक दुर्घटना : भारतबाट फर्केका ११ को मृत्यु, २२ घाइते

छिमेकी भारतबाट फर्केका यात्रुहरुलाई लिएर नेपालगञ्जबाट दांग तर्फ गईरहेको यात्रु बहाक फोर्स नामक मिनि बस दुर्घटना हुँदा ११ को मृत्यु भएको छ ।

आइतबार मध्य राती अगैया नजिकैको जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको हो भने २२ गम्भीर घाइते भएका छन्

आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको निधन भएको छ ।

बाँकी सबै घाईतेहरूलाई उक्त दुर्घटनापछी नेपालगञ्जबाट गएका जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले राती घटनामा परेका घाइते तथा मृर्तक हरुलाई राती अबेर करिब २ बजे नेपालञ्ज भेरी अस्पतालमा ल्याईपुर्‍याइएको घटना स्थल पुगेको प्रहरीलाई उदृत गर्दै सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।

भेरि अस्पतालकाे अपडेट : 
भारतबाट फर्केका यात्रुहरूलाई लिएर नेपालगन्जबाट दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना :

३३ सवारी (चालक समेत गरि) मध्ये ११ को मृत्यु (१० पुरुष+ १ महिला)

बाँकी (२१ पुरुष + १ महिला) को भेरी अस्पतालमा उपचार हुँदै

४ जना गम्भीर।

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्