Logo
६ बैशाख २०८१, बिहीबार
(May 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीको दशगजाबाट भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

प्रदेश नं २ स्थित सर्लाहीको विष्णु गाउँपालिका-२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०-४० जनाको भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।

उक्त समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

प्रकाशित मिति: May 31, 2020

प्रतिक्रिया दिनुहोस्