Logo
१५ चैत्र २०८०, बिहीबार
(May 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लापरवाहीको पराकाष्टा : झापाबाट धरान पठाइएका संक्रमितलाई रातभर बाहिरै राखियो

कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ ।

उनीहरुले रातभर केही खान पनि नदिइएको गुनासोसमेत गरेका छन् । कचनाकवल गाउँपालिकाबाट संक्रमितहरु ल्याएर आएको गाडीलाई प्रतिष्ठानको पार्किङ क्षेत्रमा राखिएको छ ।

शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान पुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन् । अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्र भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताए ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विरामीलाई भर्ना नगर्नु अस्पतालको लापरवाहीको पराकाष्टा भएको टिप्पणी गरेका छन् ।

बिहीबार अस्पताल प्रशासनसँगको छलफलमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अस्पतालका २०० बेडमध्ये १५० वटा खाली रहेको बताएको बताउँदै उनले भने, ‘समस्या भए मलाई भन्नुपर्छ, यो लापरवाहीको पराकाष्टा हो ।’

प्रकाशित मिति: May 30, 2020

प्रतिक्रिया दिनुहोस्