Logo
१३ बैशाख २०८१, बिहीबार
(May 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उहाँहरुलाई खै माथिबाट के आदेश आयो, हामी ३ घण्टा कुर्दापनी बिधेयक दर्ता भएन : महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले दर्ता गर्न खोजेको संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्न अस्वीकार गरिदिएको छ।

ठाकुर सहित राजपाका नेताहरु संशोधन विधेयक लिएर संसद सचिवालय पुगेका थिए। ‘उहाँहरुलाई खै माथिबाट के आयो’, ठाकुले भने, ‘आज केही भएन।’

गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गराउन ठाकुर लगायतका नेताहरु शुक्रबार दिउँसो सिंहदरबारस्थित सचिवालय पुगेका थिए।

ठाकुरले दर्ता गर्न चाहेको संविधान संशोधन विधेयक भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सीमांकन र राष्ट्रिय सभामा प्रतिनिधि छान्ने विषय समावेश गरेका थिए।

‘हामीले विगतमा नेपाली कांग्रेस र माओवादी सरकारमा भएका बेला ल्याएको विधेयक नै ल्याएको हो’, ठाकुरले भने, ‘पहिला फरम्याट मिलेन भन्नुभयो। पछि कहाँबाट के आयो कुन्नी।’

उनीहरुले झण्डै साढे ३ घण्टा संसद सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा बिताए।
सचिवालयमा ठाकुरसँगै राजपाका नेताहरू राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झालगायत नेताहरू पुगेका थिए।

राजपासँग पार्टी एकता गरेको समाजवादी पार्टीका नेताहरू भने संसद सचिवालय गएका थिएनन्। ‘उहाँहरुले साथ छ दर्ता गर्नुहोस् भन्नुभयो’, ठाकुरले भने, ‘तर आउनु भएन।’

राजपा नेताहरूले लामो समय संसद सचिवालयका कर्मचारीहरूसँग छलफल गरे पनि अन्तमा उनको विधेयक दर्ता भएन। संसद सचिवालयले विधेयक दर्ता नहुनुको कारण खुलाएको छैन।

‘उहाँहरूले विधेयकको एक प्रति छोडेर जानुभएको छ। संविधान संशोधनजस्तो कुरा भएकाले हामी यसमा थप हेर्छौं,’ संसदका महासचिव भरत गौतमले भने।

प्रकाशित मिति: May 30, 2020

प्रतिक्रिया दिनुहोस्